कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहमतिमै प्रदेश प्रमुख नियुक्ति गरिएको दाहालको दाबी 

ठाकुरसिंह थारु

नेपालगन्ज — नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश प्रमुख नियुक्तिलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपालले जनाएको असन्तुष्टि जायज रहेको टिप्पणी गरेका छन् । उनले पार्टीभित्र छलफल हुनु स्वाभाविक रहेको भन्दै चित्त नबुझे नोट अफ डिसेन्ट लेख्न सकिने जनाए । नेता नेपालले प्रदेश प्रमुखमा आफ्ना निकटलाई नियुक्ति नगरिएको भन्दै चित्त दुखाएका छन् । 

सहमतिमै प्रदेश प्रमुख नियुक्ति गरिएको दाहालको दाबी 

अध्यक्ष दाहालले सहमतिमै प्रदेश प्रमुख नियुक्ति गरिएको दाबी गरेका छन् । उनले पार्टीभित्र त्यसबारे छलफल गरी निर्णय लिएको बताए । ‘असन्तुष्टि जनाउन पाइन्छ । छलफल पनि हुन्छ,’ उनले भने ।


प्रदेश प्रमुखहरुको बर्खास्ती नयाँ नियुक्ति ढिलो गरी गरिएको बताए । उनले दुई तिहाई सरकार गठन भएलगत्तै कांग्रेसका पालामा नियक्त गरिएका प्रदेश प्रमुखहरुलाई हटाउनु पर्नेमा ढिलो भएको दाबी गरे । ‘नयाँ प्रदेश नियुक्तिमा ढिलाई भयो । तर, कानुन संगत भएको छ,’ मंगलबार नेकपा बाँकेको चियापान कार्यक्रममा सहभागी हुन नेपालगन्ज आएका उनले भने ।


चियापान कार्यक्रमपछि अध्यक्ष दाहालले कोहलपुर ६ को वडाध्यक्ष पदका लागि भइरहेको चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

यो पनि


प्रकाशित : कार्तिक १९, २०७६ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?