कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

नमोबुद्धमा एक दम्पतीको हत्या

नगेन्द्र अधिकारी

काभ्रे — नमोबुद्ध -८, तल्लो हटियामा एक दम्पती मृत फेला परेका छन् । धारिलो  हतियार प्रहार गरिएका ५५ वर्षका श्यामकृष्ण श्रेष्ठ र अन्दाजी ५० वर्षकी रुकुमाया श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी 
जयराज सापकोटाले जानकारी दिए ।

नमोबुद्धमा एक दम्पतीको हत्या

क्षतविक्षत शव सिरकले छोपेको अवस्थामा फेला परेको प्रहरी चौकी श्यामपाटीका इन्चार्ज प्रहरी सहायक निरीक्षक केशव दर्जीले बताए । घटनास्थलमा बियरका बोतल, गाजा र सुर्तीको धुलो छरिएको अवस्थामा भेटिएको छ ।


घरमा नै चियापसल संचालन गर्दै आएका दम्पतीले घरेलु मदिरा समेत बिक्रि गर्दै आएका थिए । छिमेकीका अनुसार, राती ८ बजे खाना खाएर सुत्न गएका थिए । मदिरा सेवन गर्न अवेर आएकाहरुले बिवाद हुँदा हत्या गरेको आशंका गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : कार्तिक १९, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?