कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कालंगाको सुरुङमा फसेका ४ जना मजदुरको मृत्यु

वसन्तप्रताप सिंह

बझाङ — निर्माणाधिन कालंगागाड जलविद्युत आयोजनाको सुरुङमा फसेका चारै जना मजदुर मृत अवस्थामा फेला परेका छन् ।  उनीहरु आइतबार दिउँसो ३ बजेदेखि सुरुङभित्र फसेका थिए ।

कालंगाको सुरुङमा फसेका ४ जना मजदुरको मृत्यु

फसेकाहरुको शव २४ घण्टापछि सोमबार दिउँसो ३ बजे बाहिर निकालिएको हो ।


घटना लगतै घटनास्थलमा पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धारको प्रयास गरे पनि सफल हुन नसकेपछि सोमबार काठमाडौंबाट उद्धार टोली मगाइएको थियो ।


सोमबार दिउँसो हेलिकप्टर मार्फत घटनास्थल पुगेको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयको उद्धार टोलीले सुरुङबाट शव निकालेको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले बताए ।


सुरुङमा फसेर ज्यान गुमाउनेमा दैलेखको गुराँस गाउँपालिका–३ का कर्णबहादुर शाही, र महेन्द्रबहादुर शाही, अछामको तुर्माखाँद गाउँपालिका–६ का महेन्द्र साउद र बझाङ बुंगल नगरपालिका– १ का शेरसिंह धामी रहेका छन् ।


अक्सिजनको कमिका कारण निसास्सिएर उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ ।

प्रकाशित : कार्तिक १८, २०७६ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?