प्रदेश प्रमुखमा आफूले सिफारिस गरेको नामै‌ नपरेपछि माधव नेपालको असहमति

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाका वरिष्ठ नेता माधव नेपालले सातवटा प्रदेश प्रमुखका नाममा पार्टीभित्र असहमति राखेका छन् । उनले सिफारिस भएका नाम एकपक्षीय भएको भन्दै असहमति राखेका हुन् । उनले सिफारिस गरेको कुनै व्यक्ति पनि प्रदेश प्रमुखमा परेनन् । 

प्रदेश प्रमुखमा आफूले सिफारिस गरेको नामै‌ नपरेपछि माधव नेपालको असहमति

नेता नेपालले विश्वकान्त मैनाली, रघुजी पन्त, बेदुराम भुसाल, श्रीमाया थकालीको नाम अघि सारेका थिए । तर नेपालले भनेका कुनै व्यक्ति पनि परेनन् ।


‘सिफारिस भएका नाम असन्तुलित भएको भन्दै उहाँले लिखित रुपमा नै आफ्नो असहमति राख्नु भएको छ,’ नेपालनिकट स्रोतले भन्यो । सिफारिस भएका सातजना पूर्व माओवादी र पूर्वएमालेको तर्फबाट ओली पक्षले सिफारिस गरेका व्यक्ति हुन् ।

प्रकाशित : कार्तिक १८, २०७६ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?