नेकपाले गर्‍यो प्रदेश प्रमुखहरुको नाम सिफारिस

बिनु सुवेदी

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी नेकपाले सातवटै प्रदेशका लागि प्रमुखहरुको नाम छानेको छ । सचिवालय बैठकले चयन गरेका नामहरु केहीबेरमा बस्ने मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेर नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । सिफारिस नाममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भने असहमति राखेका छन् ।

नेकपाले गर्‍यो प्रदेश प्रमुखहरुको नाम सिफारिस

नेकपा महासचिव विष्णु पौडेलले प्रदेश प्रमुखका लागि सातवटा नामहरु सिफारिस गरिएको र कुन प्रदेशका लागि को भन्ने टुंगो मन्त्रिपरिषद्ले लगाउने बताए ।

उनका अनुसार अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, विष्णु प्रसाईं, गोविन्द कलौनी र शर्मिला त्रिपाठी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखहरुलाई आइतबार पदमुक्त गरेकी थिइन ।

प्रकाशित : कार्तिक १८, २०७६ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?