प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय सहि होइन : सभापति देउवा

सुकुटे दुर्घटनाका घाइते भेट्न देउवा धुलिखेलमा 
नगेन्द्र अधिकारी

काभ्रे — कांग्रेस सभापति शेरबहादुर देउवाले ७ प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सरकारको निर्णयको सहि नभएको बताएका छन् । सुकुटेमा भएको बस दुर्घटनाका घाइतेलाई भेट्न धुलिखेल अस्पताल आएका पूर्व प्रधानमन्त्री देउवाले सरकारको निर्णयप्रति असन्तुष्टी जनाए ।

प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय सहि होइन : सभापति देउवा

‘हामी सरकारले गरेको निर्णयको खिलाफमा छौं,’ छोटो प्रतिकृया दिँदै उनले भने ।

देउवा नेतृत्वको सरकारले नियुक्त गरेका ७ वटै प्रदेश प्रमुखलाई सरकारको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पदमुक्त गरेकी छिन् ।

देउवाले दुर्घटनामा गम्भीर घाइते भएर शल्यक्रियापछि पोष्ट अपरेटिभ वार्डमा रहेका ३ जनालाई भेटी स्वास्थ्यलाभको कामना गरेका छन् । उनले देशभर भइरहेका दुर्घटनाप्रति चासो र चिन्ता प्रकट गरे । देउवाका साथमा पूर्वमन्त्री एवं केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, जिल्ला सभापति मधुप्रसाद आचार्य, पूर्व राज्यमन्त्री कञ्चनचन्द्र बादे, पूर्व सांसद तिर्थ लामा लगायतका नेता कार्यकर्ता थिए ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजूलगायतले देउवालाई सहजिकरण गरेका थिए ।

दोलखास्थित शैलुङ गाउँपालिकाको बागखोरबाट काठमाडौंको लागि छुटेको बा.२.ख ७२४५ नम्बरको यात्रुवहाक बस सुकुटेमा दुर्घटनामा हुँदा १७ जनाले ज्यान गुमाएका थिए । ५० बढी घाइते भएका थिए ।


प्रकाशित : कार्तिक १८, २०७६ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?