१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

म्याग्दीमा बस भीरबाट खस्दा ४ को मृत्यु, २२ घाइते(अपडेट)

घनश्याम खड्का

म्याग्दी — पश्चिम म्याग्दीको दरवाङबाट बिमतर्फ जाँदै गरेको मिनीबस आइतबार साँझ भीरबाट खस्दा एक ११ वर्षीया बालिकासहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ ।

म्याग्दीमा बस भीरबाट खस्दा ४ को मृत्यु, २२ घाइते(अपडेट)

पश्चिम मालिका–७ बिममा भएको दुर्घटनामा परी २२ जना घाइते भएका छन् । ग १ ज २४३६ नम्बरको बस सडकबाट तल खसेर भीरमा अड्किएको हो ।


घटनास्थल पुगेकी मालिका गाउँपालिका उपाध्यक्ष खरमाया बिटालुका अनुसार मालिका गाउँपालिका-७ बिममका वडाध्यक्ष रेशम जुग्जालीकी ११ वर्षीया छोरी आयुसा र स्थानीय सतदेवी भट्टचनको मृत्यु भएको छ । अन्य दुई जनाको नाम खुलेको छैन । २२ जना घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र दरवाङ पुर्‍याइएको छ । घाईतेहरुको अवस्थाबारे बेखबर रहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट घाइतेको उपचार भैरहेको स्थलतर्फ आफूहरु जाँदै गरेको प्रहरी निरीक्षक रामप्रसाद पाण्डे जानकारी दिए ।


घाइते अधिकांस किसानी माध्यमिक विद्यालय बिममा सञ्चालित कृषि प्राविधिकधार तर्फका विद्यार्थी छन् । दसैं–तिहार मनाएर विद्यालय फर्केका विद्यार्थी दुर्घटनामा परेका हुन् ।


अँध्यारो र अप्ठ्यारो भीरमा बस अड्केकाले सबै घाइतेको संख्या यकिन हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय दरवाङका प्रमुख समेत रहेका निरीक्षक पाण्डेले बताए । उनका अनुसार मालिका गाउँपालिका केन्द्र दरवाङबाट यात्रु लिएर गएको स्थानीय रुटमा चल्ने उक्त बस साँझ बिमको घुम्तीमा मोड नपुग्दा सडकबाट तल खसेको हो ।


प्रहरीका अनुसार दुर्घटनामा परी मालिका-५ बिमका हुमबहादुर जुग्जाली, पलप्रसाद जुग्जाली, कृष्टिना जुग्जाली, नरदेवी परियार, दिलु शेरपुजा, तनदेवी जुग्जाली, चन्द्रकली दर्जी, सुरेश जुग्जाली, देवी जुग्जाली, लिला जुग्जाली रहेका छन् । त्यसैगरी मंगला गापा-५ छिस्वाङ्गकी रमिला खत्री, बेनी-३ का केशव शर्मा, धौलागिरी-३ की रिलमायाँ बुढा, बेनी-९ का विसन खत्री, बेनी-४ का गौरव पौडेल, प्रमिस पौडेल, बाग्लुङ्ग ताराखोलाका विजय कंडेल लगायत घाइते भएका छन् ।

प्रकाशित : कार्तिक १७, २०७६ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?