कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

मन्त्रिपरिषद्को बैठक सारेर प्रधानमन्त्रीले बोलाए सचिवालय बैठक

बिनु सुवेदी

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक पछाडि सारेर नेकपाको सचिवालय बैठक बोलाएका छन् । 

मन्त्रिपरिषद्को बैठक सारेर प्रधानमन्त्रीले बोलाए सचिवालय बैठक

यसअघि ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएकोमा त्यसलाई सारेर साढे ६ बजे पुर्याइएको छ ।


प्रधानमन्त्री निवास बालुवाटारमै सचिवालय बैठक केही बेरअघि सुरु भएको छ । बैठकले मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले कान्तिपुरलाई बताए ।


यसअघि शनिबार बसेको बैठकमा सिफारिस भएका उम्मेदवारहरुको विषयमा छलफल भएपनि निर्णय हुन सकेको थिएन ।

प्रकाशित : कार्तिक १७, २०७६ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?