प्रधानमन्त्रीले आजै बोलाए अर्को मन्त्रिपरिषद् बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्रीले आइतबार दोस्रोपटक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो १२ बजे बालुवाटारमा डेढ घण्टाका लागि मन्त्रिपरिषद् बैठक बसेको थियो । उनले आजै बेलुका ५ बजेका लागि दोस्रो बैठक बोलाएका हुन् । 

प्रधानमन्त्रीले आजै बोलाए अर्को मन्त्रिपरिषद् बैठक

सहकारीमन्त्री पद्मा अर्यालले भनिन्, 'बिहानको बैठकमा सबै एजेन्डाहरुमा छलफल भइसकेको छ । बेलुकाको बैठक केका लागि बोलाइएको हो जानकारी दिइएको छैन ।'

प्रधानमन्त्री ओली बैठक चलिरहेको बेला केही समय शिक्षण अस्पताल गइ स्वास्थ्य परिक्षण गरी फर्किएर पुन: बैठकमा बसेका थिए ।

प्रकाशित : कार्तिक १७, २०७६ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?