कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रिपरिषद् बैठक सम्पन्न, डा. भगवान कोइराला मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — आइतबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कर्डियोथोरासिक एण्ड भस्कुलर सेन्टरमा स्वास्थ्य परिक्षण गराएर फर्किएसँगै मन्त्रिपरिषद् बैठक सुरु भएको थियो ।

बैठकमा अन्य कुन कुन विषयमा निर्णय भयो भन्ने बारे भने केही बताइएको छैन ।

डा. कोइरालालाई शिक्षामन्त्री गिरीराजमणी पोखरेलको नेतृत्वमा बनेको १९ औं उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले त्रिविको उपकुलपतिका लागि पनि सिफारिस गरेको थियो ।

प्रधानमन्त्री आजै ग्राण्डी अस्पतालमा डायलाइसिसका लागि जानसक्ने सम्भावना पनि रहेको स्रोतले बताएको छ ।

प्रकाशित : कार्तिक १७, २०७६ १४:११
प्रतिक्रिया
पठाउनुहोस्

उपनिर्वाचन कांग्रेस एकताको परीक्षा : देउवा

प्रमिता ढकाल

(भरतपुर) — कांग्रेस सभापति शेरबहादुर देउवाले अबको उपनिर्वाचनमा कांग्रेसका सबै उमेदवारको विजय भए पार्टीको आन्तरिक कहल अन्त्य हुने दाबी गरेका छन् ।

भरतपुरमा आइतबार बिहान पार्टीका कार्यकर्तासँगको छलफलमा उनले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन कांग्रेसको एकताको परीक्षा भएको बताए । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका समयमा पार्टीभित्रको मतभेदका कारण थिलिएको कांग्रेसलाई पुनः जगाउन उपनिर्वाचन महत्वपूर्ण रहने उनको भनाइ छ । ‘अरु दुई पार्टी मिलेर एक भएका थिए हाम्रो एउटै पार्टी दुइटा देखिएको जगजाहेर छ,’ उनले भने ,‘यो उपनिर्वाचनको नतिजा हाम्रो एकताको परीक्षा बन्नेछ ।’

कांग्रेसभित्र गुट-उपगुटको अन्त्य गर्न आफ्ना उमेदवारलाई जिताउनुपर्ने उनले औंल्याए । स्थानीय तहहरुमा हुने उपनिर्वाचनका लागि कांग्रेसले जिल्लाबाट उम्मेदवार तोकिसकेको छ । संघ र प्रदेशमा हुने निर्वाचनका लागि आइतबार साँझ बस्ने केन्द्रीय समितिको बैठकले उम्मेदवारको टुङ्गो लगाउने बताइएको छ । उम्मेदवार छान्दा जनतामाझ लोकप्रिय नेतालाई छान्न उनले कार्यकर्तालाई आग्रहसमेत गरे । सहमतिमा चुनिएका उम्मेदवारलाई नै उपनिर्वाचनमा उठाइने पार्टी सभापति देउवाको दाबी छ ।

पार्टीका भ्रातृसंगठनहरुको विवादलाई समेत सम्बोधन गर्ने गरी केन्द्रीय समितिको बैठकबाट निर्णय आउने देउवाले दाबी गरेका छन् । ‘पार्टीलाई बलियो बनाउने बेला आफैंबीचका विवादमा अल्झिएर समय खेर फाल्नु हुन्न,’ देउवाले भने,‘अब केन्द्रीय समिति बैठकले सबै निर्णय गरी साम्य गर्नेछ ।’ केन्द्रीय समिति निर्णय नमान्नेलाई कारबाही हुने उनले चेतावनी दिए ।

चितवनका ३ वटा वडामा उपनिर्वाचन हुँदैछ । भरतपुर महानगर- १६, खैरहनी नगरपालिकाको ४ र ५ नम्बर वडामा अध्यक्षको लागि उपनिर्वाचन हुँदैछ ।

प्रकाशित : कार्तिक १७, २०७६ १३:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×