१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रधानमन्त्रीका अंगरक्षक हिरासतमा

कान्तिपुर संवाददाता

काठमाडौँ — जुवा खालबाट शुक्रबार राति पक्राउ परेका नेपाली सेनाका मेजर (सेनानी) राजेन्द्र शाहीलाई प्रहरीले नेपाली सेनाको जिम्मा लगाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका अंगरक्षक (एडीसी) समेत रहेका शाही टोखास्थित जुवा खालबाट समातिएका थिए ।


आफू प्रधानमन्त्रीको अंगरक्षक रहेको बयान दिएपछि शाहीलाई प्रहरीले शुक्रबार राति नै सेनाको जिम्मा लगाएको हो ।


नारायणहिटीस्थित विशेष सुरक्षा निर्देशनालयमा दरबन्दी रहेका शाही शुक्रबार घर बिदामा थिए । शाही सैनिक प्रहरीको नियन्त्रणमा रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए ।


‘अहिले शाही सैनिक प्रहरीकै नियन्त्रणमा छन् । आइतबार कार्यालय खुलेपछि कारबाही प्रक्रिया अघि बढ्छ,’ उनले भने ।


शाहीमाथि लागेको अभियोगमा अनुसन्धान गर्न आइतबार नै ‘कोर्ट अफ इन्क्वायरी’ गठन हुने उनले बताए । ‘शाहीमाथि लागेको अभियोगमा अनुसन्धान भइ नसकेका कारण के कारबाही हुन्छ भन्ने यकिन गर्न सकिँदैन,’ पाण्डेले भने, ‘अनुशासन उल्लंघन वा अन्य कुन कसुरमा कारबाही हुन्छ भन्नेमा कोर्ट अफ इन्क्वायरी गठनपछि मात्रै स्पष्ट हुन्छ ।’

प्रकाशित : कार्तिक १६, २०७६ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?