कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्वास्थ्य चौकीमै सुत्केरीको मृत्यु

संगीता तिमिल्सेना 

बाजुरा — त्रिवेणी नगरपालिकास्थित छतारा स्वास्थ्य चौकीमा एक जना सुत्केरीको ज्यान गएको छ । सुत्केरी भएको ६ घण्टापछि छतारा स्वास्थ्य चौकीमा ३७ वर्षीया रेजीया नेपालीको मृत्यु भएको स्वास्थ्यकर्मी सुमित्रा पाध्यायले बताइन् ।

स्वास्थ्य चौकीमै सुत्केरीको मृत्यु

त्रिवेणी नगरपालिका १ छतारा विशाल बजार बस्ने रेजीया नेपाली चौथो सन्तान जन्माउन स्वास्थ्य चौकी पुगेकी थिइन् । सन्तान पाएको ६ घण्टापछि बेहोस भएर मृत्यु भएको पाध्यायको भनाई छ ।


‘रेजीयाले घरबाट स्वास्थ्य संस्था ल्याएको २ मिनेटमै बच्चा जन्माएकी थिइन् । अवस्था सामान्य नै थियो । ११ बजेर २ मिनेटमा स्टेचरमा राखेर आफन्तले स्वास्थ्य चौकी पुर्‍याएका हुन् । बेडमा लिन नपाउँदै बच्चा जन्माएकी थिइन् । साढे चार बजेसम्म अवस्था राम्रै थियो, बिहान ५ बजेपछि एकाएक बेहोस भएर ज्यान गएको हो’ स्वास्थ्यकर्मी पाध्यायले भनिन् ।


जिल्लाबाट यस अघि ५ जना सुत्केरीको हेलिकप्टरबाटै उद्दार गरेर ज्यान बचाइएको थियो । नियमित स्वास्थ्य जाँच नगर्ने र स्वास्थ्यकर्मीको परामर्श नलिने गरेकै कारण जिल्लामा सुत्केरीले अकालमै ज्यान गुमाउन बाध्य छन् ।


स्वास्थ्य संस्था नजिक नहुँदा र सबै ठाउँसम्म सडकको पहुँच नहुँदा पनि नियमित गर्भजाँच र सुत्केरी गराउन समस्या हुने गरेको छ ।

प्रकाशित : कार्तिक १६, २०७६ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?