विभत्स अवस्थामा ३ शव फेला

विभत्स हत्या
घनश्याम गौतम

रुपन्देही — गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा तीन जनाको शव फेला परेको छ । विभत्स तरिकाले हत्या गरेर जंगलमा फालेको अवस्थामा शव फेला परेको हो । हर्राचौरको आलुखरिपाको जंगलमा कम्तिमा एक साताअघि हत्या गरी फालिएको अवस्थामा स्थानीयले शनिबार शव फेला पारेका हुन् ।

विभत्स अवस्थामा ३ शव फेला

वडा अध्यक्ष किरण शाहका अनुसार अन्दाजी ३० वर्षीय महिला, अन्दाजी १० वर्षीय बालक र ५ वर्षीया बालिकाको शव भेटिएको हो ।


शव भेटिए भन्दा झण्डै ५ मिटर माथि पैदल हिँड्ने बाटोमा रगत लागेका ढुंगा फेला परेको छ । महिला र बच्चा सबैको टाउकोमा ढुंगाले हानेर छियाछिया परेका चोट छन् । अध्यक्ष शाहले तीनै जनाको कात्तिक १० गते अघि नै हत्या भएको आशंका गरिएको बताए ।


त्यस क्षेत्रबाट जंगलमा खानेपानी ल्याइएको छ । त्यहाँको धारा बनाउन जाने एक जनाले १० गते नै बाटोमा रगत देखेकाले हत्या गरिएको हुन सक्ने उनको आशंका छ । घटनास्थललाई अहिले इलाका प्रहरी कार्यालय चन्द्रकोटका हवल्दार जालीराम चौधरीसहितका २ प्रहरीले सुरक्षा दिइरहेका छन् ।


जिल्ला प्रहरी कार्यालय तम्घासबाट प्रहरी निरीक्षक राजकुमार रावलको नेतृत्वमा प्रहरी टोली घटनास्थल जाँदै गरेको गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए । प्रहरी पुगेपछि मात्र घटनाको थप विवरण आउने उनले बताए । घटनास्थल सदरमुकामबाट झण्डै ७० किलोमिटर उत्तर पूर्वमा पर्छ । घटनास्थल बाग्लुङ र गुल्मीको सिमानामा छ ।

प्रकाशित : कार्तिक १६, २०७६ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?