इन्डोनेसियाबाट सेनाको विमान नेपाल आइपुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनाले खरिद गरेको सीएन२३५–२२० विमान शनिबार इन्डोनेसियाबाट नेपाल आइपुगेको छ । उक्त विमान इन्डोनेसियाको सरकारी विमान कम्पनी पीटी डिरगन्तारा इन्डोनेसिया (पीटीडीआई) ले नेपाली सेनाको मागअनुसार बनाएको हो ।

इन्डोनेसियाबाट सेनाको विमान नेपाल आइपुग्यो

नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाण्डेका अनुसार उक्त विमान सामान बोक्नको लागि प्रयोग गरिने छ । सेनाले सन् २०१७ मा उक्त विमान निर्माण सम्झौता गरेको थियो । पाण्डेले विमानलाई कति मूल्य परेको भन्ने जानकारी नदिनन् । स्रोतका अनुसार विमान करिब ३ अर्ब रूपैयाँमा खरिद गरिएको हो ।





प्रकाशित : कार्तिक १६, २०७६ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?