२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

डोटीमा बस दुर्घटना, १ को मृत्यु, ३३ घाइते(अपडेट)

मोहन शाही

डोटी — जिल्लाको शिखर नगरपालिका २ गेरुपानीमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी १ को मृत्यु र ३३ जना घाइते भएका छन् ।

डोटीमा बस दुर्घटना, १ को मृत्यु, ३३ घाइते(अपडेट)

महेन्द्रनगरबाट बाजुरातर्फ जाँदै गरेको यात्रुबाहक ना ७ ख ६१८१ नम्बरको बस शनिबार बिहान पौने ५ बजे सडकबाट तल खसेको थियो ।

प्रहरी उपरीक्षक दिलिप सिं देउवाका अनुसार घाइतेहरुमध्ये ८ जनाको अवस्था गम्भीर छ । उनीहरुको थप उपचारका लागि हेलिकप्टर मार्फत् काठमाडौं पठाइएको छ । अन्य घाइतेहरुको डोटीको सुजङ , शैलेश्वरी , जिल्ला र प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।


अधिकांश यात्रु भारतबाट रोजगारी गरेर घर फर्कन लागेका तथा दसैं तिहारको बिदा सकेर गन्तव्य जान लागेका थिए ।


यी हुन् घाइतेहरुको विवरण :

१-महोत्तरीको वर्दिवासका २८ वर्षीय महेश कोईराला

२-दाङका ४५ वर्षीय राजकुमार केसी

३-डोटीको सलेनाका ३० वर्षीय रेश्मा लुहार

४- डोटी बोगटानका २८ वर्षीय दुर्गासिंह विडारी

५-जोरायलका २८ वर्षीय कृष्ण बोहोरा

६-डोटीको सलेनाका २७ वर्षीय रामबहादुर विक

७-सलेनाकै २२ वर्षीया कल्पना विक

८-बोगटानकी बाटु नेपाली

९-डोटीकै ३७ वर्षीया मैना तिरुवा

१०-कैलालीको अत्तरियाका ३१ वर्षीय छत्र बोहोरा

११-सडकपुर बौनियाका २० वर्षीय सज्जन चौधरी

१२-मसुरियाका २० वर्षीय टेकबहादुर विक

१३-मसुरियाकै राजन बोहोरा

१४-पार्वती चौधरी २३ वर्षिय

१५-अछामका ३६ वर्षीय भीम बुढा

१६-अछामकै ३१ वर्षीय यज्ञ स्वार

१७-आकाश कुँवर

१८-२७ वर्षीया ईश्वरी सिंह

१९-बाजुराकी ३३ वर्षीया गंगादेवी थापा

२०-बाजुराकै २४ वर्षीया धानादेवी विक

२१-२६ वर्षीया कल्पना कुँवर

२२- दार्चुलाका १९ वर्षीय सागर पार्की

२३-२१ वर्षीय कृष्णबहादुर बम

२४-प्रेमबहादुर कुँवर

२५-कञ्चनपुरका २८ वर्षीय अलेक्स लिम्बु

२६-बर्दियाका २३ वर्षीय उज्जवल देवकोटा

२७-२३ वर्षीय दिलबहादुर सिंह

२८-खोटाङका विक्रम भट्टराई

२९- २८ वर्षीय लाल टमटा

३०-३८ वर्षीय मदनबहादुर जेठारा

३१-५८ वर्षीय चित्रबहादुर न्यौपाने

३२-सावित्री खड्का

३३-२८ वर्षीय लालबहादुर साउद

प्रकाशित : कार्तिक १६, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?