कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बंगलादेशका राष्ट्रपति हमिद नेपाल आउँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — बंगलादेशका राष्ट्रपति अब्दुल हमिद यही महिनाको अन्त्यमा नेपाल आउने भएका छन् । बंगलादेश र नेपालले औपचारिक जानकारी नदिए पनि बंगलादेशका विदेश सचिव साहिदुल हगले कात्तिक ९ मा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति हमिदको भ्रमणबारे बताएका हुन् । 

बंगलादेशका राष्ट्रपति हमिद नेपाल आउँदै

बंगलादेशको अंग्रेजी दैनिक ‘द डेली स्टार’ का अनुसार बाकुमा भएको असंलग्न अभियानको १८ औं शिखर सम्मेलनलगत्तै गरिएको पत्रकार सम्मेलनमा विदेश सचिव हगले हमिदको नेपाल भ्रमणबारे जानकारी दिएका थिए । उनले भ्रमण मिति भने खुलाएका छैनन् ।

शिखर सम्मेलनमा भएको साइडलाइन वार्तामा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन् । भेटमा बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) बीच हुने भनिएको मोटरभेहिकल सम्झौता र पीटीए (ऊर्जा व्यापार सम्झौता) बारे छलफल भएको थियो । नेपालका लागि बंगलादेशकी राजदूत मसफी बिन्टे साम्सले राष्ट्रपति हमिदको नेपाल भ्रमणबारे अहिले नै केही बोल्न नमिल्ने कान्तिपुरलाई बताइन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले राष्ट्रपति हमिदको भ्रमणबारे औपचारिक जानकारी आइनसकेको बताए ।



प्रकाशित : कार्तिक १५, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?