३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कृष्णनगरमा मृत्यु हुने भारतीय

रासस

कपिलवस्तु — कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय रहेको पुष्टि भएको छ । कर्फ्यु तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्यक्तिमाथि प्रहरीले चलाएको गोली लागेको थियो । 

कृष्णनगरमा मृत्यु हुने भारतीय

त्यसरी गोली लागेर मृत्यु हुनेमा भारतको सिद्धार्थ नगर जिल्लाका बासिन्दा रहेको पुष्टि भएको छ । उनी बढ्नीसँग जोडिएको भारतीय भूभागमा स्थायी घर भएका व्यक्ति रहेको पुष्टि भएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशम्शेर जबराले बताए ।


कृष्णनगरमा भएको झडपमा थप उत्तेजित तुल्याउन उनीसहितको ठूलो समूह नेपाल भित्रिएको प्रहरीले आँकलन गरेको छ । प्रदर्शनमा सहभागी धेरै नागरिक अनुहार नचिनिएका रहेको समेत स्थानीयवासीको भनाइ छ ।

प्रकाशित : कार्तिक १४, २०७६ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?