कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कैदीबीच विवाद हुँदा नेपालगन्ज कारागार तनावग्रस्त

मधु शाही

(बाँके) — नेपालगन्जस्थित कारागारमा बुधबार कैदीहरुबीच विवाद भएपछि तनावग्रस्त बनेको छ । कारागार तनावग्रस्त भएपछि सो घटनाबारे अनुगमन गर्न पुगेका मानव अधिकारकर्मी, कानुनी व्यवसायी, नागरिक समाज, पत्रकारलाई समेत कारागार प्रशासनले भित्र प्रवेश गर्न रोक लगाएको छ ।

जेलमा रहेका कैदीलाई खान पुर्‍याउन आउनेहरुलाई समेत गेटबाटै फिर्ता गरिएको छ ।


विवाद किन भएको हो ? यसबारे कारागार प्रशासनले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । कारागार प्रमुख बिदामा छन् भन्दै उनी आएपछि मात्रै जानकारी हुने बताउँदै त्यहाँ तैनाथ प्रहरीले मुल गेटबाटै आगन्तुकहरुलाई र्फिता गरेका छन् ।


नेपाल बार एसोसिएसन बाँकेका अध्यक्ष विकास आर्चायले घटना लुकाउन खोज्नु न्याय संगत नरहेको बताए । मानव अधिकार आयोग प्रदेश ५ नेपालगन्ज शाखाका अधिकृत बसन्त अर्यालले धेरै अनुरोध पछि निमित्त प्रमुख बखत थापालाई भेटेको बताए । बखतले जानकारी दिए अनुसार बर्दियाबाट आएका नाइकेले यहाँ पनि उस्तै सेवा सुविधा पाउनु पर्छ भन्ने माग राख्दा चौकिदारसँग विवाद सिर्जना भएको बताए ।


‘नाइके र चौकिदार नियुक्ति गर्दा चलखेल गरेर १५ लाख खायो भन्दै बर्दियाबाट आएको नाइके समुहले आरोप लगाएको रहेछ,’ बसन्तले भने, ‘तर, चौकिदार र नाइके कसैलाई भेट्न दिएनन् ।’


प्रकाशित : कार्तिक १४, २०७६ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?