१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

घुससहित प्रहरी पक्राउ

पवन यादव

सिमरा — अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाले ६० हजार रुपैयाँ घुससहित प्रहरी चौकी गञ्जभवानीपुरका प्रमुख सई जटाशंकरप्रसाद कलवारलाई पक्राउ गरेको छ ।

तस्करी खोलिदिने भन्दै कपडा व्यापारीबाट घुस लिँदै गरेको अवस्थामा कलैया उपमहानगरपालिका-१ मैदामिल नजिकैबाट उनलाई घुस सहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।

घुस रकम लिन सई कलवार सादा पोशाकमा मैदामिल निर आइपुगेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाले जनाएको छ ।

नाम नखुलेको एक कपडा व्यपारीले घुस रकम दिँदै गरेको अवस्थामा सादा पोशाकमा खटिएको अख्तियारको टोलीले कलवारलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको अख्तियारले जनाएको छ ।


प्रहरी चौकी गञ्जभवानीपुरका इन्चार्ज जटाशंकर प्रसाद कलवारलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको आफूले पनि जानकारी पाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक विकासराज खनालले बताए । गञ्जभवानीपुर चौकीमा अर्को इन्चार्ज पठाउने उनले जानकारी दिए ।

प्रकाशित : कार्तिक १४, २०७६ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?