कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू, कर्फ्यू उल्लंघन गर्ने माथि प्रहरीले गोली चलायो, एकको मृत्यु [अपडेट]

मनोज पौडेल

कपिलवस्तु — लक्ष्मी मूर्ति बिसर्जन गर्ने विषयमा कपिलवस्तुको कृष्णनगरमा हिन्दु र मुसलमान पक्षबीच विवादका कारण झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू आदेश उल्लंघन गर्ने माथि प्रहरीले गोली प्रहार गरेको छ । प्रहरीको गोली लागी स्थानीय कृष्णनगर नगरपालिका-२ का सुरजकुमार पाण्डेको मृत्यु भएको छ।

कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू, कर्फ्यू उल्लंघन गर्ने माथि प्रहरीले गोली चलायो, एकको मृत्यु [अपडेट]

प्रशासनले बिहान ११ बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि कृष्णनगर बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू कृष्णनगर बजारको भन्सार कार्यालयको उत्तर ७०० मिटरदेखि, पश्चिम ७०० मिटर र पूर्व ३०० मिटर क्षेत्रमा लागु गरिएको छ ।


हिजो साँझ लक्ष्मी मूर्ति सेलाउने विषयमा विवाद पछि झडप भएको हो । झडप पछि १०-१२ वटा मूर्ति सेलाउन अझै बाँकी रहेको छ ।

प्रकाशित : कार्तिक १४, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?