१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रदेश २ मा बाल र मातृ स्वास्थ्यको अवस्था संकटपूर्ण : मन्त्री यादव

अवधेशकुमार झा

राजविराज — उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश नम्बर २ मा मातृ र बाल स्वास्थ्यको अवस्था संकटपूर्ण रहेको बताएका छन् ।

प्रदेश २ मा बाल र मातृ स्वास्थ्यको अवस्था संकटपूर्ण : मन्त्री यादव

प्रेस नेपाल सप्तरीद्वारा बिहीबार राजविराजमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा स्वास्थ्यमन्त्री यादवले बाल मृत्युदर र गर्भवती तथा सुत्केरीको अवस्थामा हुने जटिलताको कारण ज्यान गुमाउनेहरुको दर प्रदेश २ मा उच्च रहेको बताए ।


बच्चा गर्भमा रहेदेखि नै पोषणयुक्त खानाको अभावमा बालबालिकामा कुपोषणको अवस्था पनि प्रदेश २ मा उच्च रहेको बताउँदै मन्त्री यादवले गर्भावस्थादेखि जन्मिएको ३ वर्षसम्म बालबालिकालाई विशेष ध्यान दिइनुपर्ने बताए । मातृ सुरक्षा र प्रजनन अधिकार कानुन एशियामै नेपालमा उत्कृष्ट रहेको बताउँदै स्वास्थ्यमन्त्री यादवले नयाँ स्वास्थ्य नीतिअनुसार सरकार हरेक नेपालीलाई सुलभ रुपमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यका साथ अस्पतालहरुको विकास गरिइरहेको बताए ।


उनले प्रदेश २ को राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिरहामा क्यान्सर अस्पताल, वीरगन्जमा विशिष्ट सुविधासहितको अस्पताल र जनकपुर अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकसित गर्ने सरकारी योजना रहेको सुनाए ।


राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई ४ सय २० शय्याको अस्पतालको रुपमा विकसित गर्ने गरी कार्य भइरहेको उनले जानकारी दिए । शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेश नम्बर २ का भूमी व्यवस्था र कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, समाजवादी पार्टीकी उपाध्यक्ष रेणुकुमारी यादव लगायतका वक्ताले पनि मन्तव्य व्यक्त गरेका थिए ।


प्रकाशित : कार्तिक १४, २०७६ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?