कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रधानमन्त्री ओलीको दोस्रोपटक डायलाइसिस, 'लो ग्रेड' ज्वरोका कारण थप सतर्कता[अपडेट]

अतुल मिश्र, स्वरूप आचार्य

काठमाडौँ — बुधबार धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरेर गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकीय टोलीले दोस्रोपटक डायलाइसिस गरेको छ । प्रधानमन्त्रीलाई बुधबार आईसीयूमा राखेर गोप्य रूपमा पहिलो डायलाइसिस गरिएको थियो ।

प्रधानमन्त्री ओलीको दोस्रोपटक डायलाइसिस, 'लो ग्रेड' ज्वरोका कारण थप सतर्कता[अपडेट]

त्यसबाट अपेक्षित सुधार नदेखिएका कारण अस्पतामा भर्ना गरेर आज पुन: डायलाइसिस गरिएको हो । अस्पतालस्थित उच्च स्रोतका अनुसार हिजो डायलाइसिस गरिए पनि त्यसको परिणाम राम्रो नआएका कारण पुन: डायलाइसिस गरिएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्रीको रगतमा क्रियाटिनिनको स्तर सामान्य भन्दा निकै नै माथि छ र डायलाइसिस पछि पनि त्यो कम भएको छैन । यस्तै प्रधानमन्त्रीलाई अहिले 'लो ग्रेड' ज्वरो पनि आइरहेको छ । तर ज्वरोको कारण भने खुट्टिन सकेको छैन । चिकित्सकीय हिसाबमा इम्युनाेसप्रेसिब खाइरहेको बिरामीकाे रगतमा संक्रमण देखिनु राम्रो मानिँदैन । त्यसैले हिजै उनको रगतको कल्चरका लागि पठाइएको छ । जसको रिपोर्ट आउन ७२ घण्टा लाग्छ ।

'प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया र परीक्षण रिपोर्टलाई अत्यन्तै गोप्य राखिएकोले ठ्याक्कै भएको के छ भन्न गाह्रो छ,' उनले भने, 'उच्च सतर्कताका साथ उहाँको उपचार भइरहेको छ ।'


प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचार प्रक्रियाका लागि भर्ना भएको उल्लेख थियो ।

‘उहाँको स्वास्थ्यस्थिति सामान्य छ । सम्माननीयज्यूको आवश्यक परीक्षण पूरा भएपछि आज राति वा भोलिसम्म डिस्चार्ज गरिनेछ,’ विज्ञप्तिमा भनिएको थियो ।


प्रकाशित : कार्तिक १४, २०७६ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?