रौतहटमा गोली प्रहारबाट भारतीय नागरिक घाइते 

शिव पुरी

रौतहट — जिल्लाको सदरमुकाम गौरमा बुधबार साँझ अज्ञात समूहले प्रहार गरेको गोली लागी एक भारतीय नागरिक घाइते भएका छन् । उनको अवस्था जटिल छ । गोली प्रहार गर्नेको पहिचान हुन सकेको छैन । 

रौतहटमा गोली प्रहारबाट भारतीय नागरिक घाइते 

प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको जनाएको छ । गौर ३ स्थित विद्युत् प्राधिकरण अगाडि भारतको बिहार राज्य घर भएका ४५ वर्षीय विजय साहमाथि हतियारधारीले गोली प्रहार गरेको जिल्ला प्रहरीले जनायो । उनको पेटमा गोली लागेको छ । साह समान्य बोल्न सक्छन् । रिसईबि साध्न भारतीयले नै आफूमाथि गोली प्रहार गरेको साहले बताएका छन् ।

जिल्ला अस्पताल गौरले साहलाई थप उपचारका लागि वीरगन्ज रेफर गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका डिएसपी नविन कार्कीले बताए । घटनापछि प्रहरीले सीमा क्षेत्रमा कडाई गरेको छ ।

प्रकाशित : कार्तिक १३, २०७६ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?