१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गुल्मीमा जिप दुर्घटना, २ को मृत्यु, ४ जना घाइते 

माधव अर्याल, घनश्याम गौतम

गुल्मी — गुल्मीको मुसिकोट नगरपालिका–९, ददल्कामा जिप बुधबार बेलुकी दुर्घटना हुँदा २ को मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

गुल्मीमा जिप दुर्घटना, २ को मृत्यु, ४ जना घाइते 

गुल्मीकै वामीटक्सारबाट ददल्का जाँदै गरेको लु १ च ३५१४ नम्बरका पिकअप भ्यान ददल्का काबरोड भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुनेमा अर्लाङ्कोटका अन्दाजी ७५ वर्षीय रामप्रसाद खरेल रहेका छन् भने अर्का एक जनाको नाम खुल्न सकेको छैन । उनी चालक ज्ञानबहादुर बिककी सासुआमा रहेको स्थानीयले जानकारी दिएका छन् ।


घाइते हुनेहरुमा मुनपा ७ वामीका २३ वर्षीय भानुभक्त पौडेल, ८ वर्षीय सोनीया बिक, बिष्णु बिक रहेका छन् । चालक ज्ञानबहादुर बिक फरार छन् ।


घाइते सोनिया चालककी छोरी र बिष्णु श्रीमती रहेको वडाध्यक्ष नरेशराज खरेलले बताए । घाइतेहरु सबैलाई उपचारका लागि बागलुङको हटिया पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रवीण आचार्यले बताए ।

प्रकाशित : कार्तिक १३, २०७६ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?