२९ करोड बक्यौता उठाउन बाँकी, लाइन काट्ने तयारी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले २९ करोड रुपैयाँ भन्दा बढी बक्यौता देखिएपछि लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गरेको छ । 

२९ करोड बक्यौता उठाउन बाँकी, लाइन काट्ने तयारी

लामो समयदेखि ग्राहकले विद्युत् महसुल नतिर्दा प्राधिकरणले २९ करोड ३७ लाख ३७ हजार २ सय ७ रुपैयाँ बक्यौता असुल्न बाँकी रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख इन्जिनीयर धीरेन्द्रकुमार यादवले जानकारी दिए ।

गार्हस्थ्य मिटरतर्फ १९ करोड १४ लाख ५ सय १६ रुपैयाँ, व्यापारिकतर्फ ९९ लाख ७१ हजार ४ सय ३९ रुपैयाँ, गैर व्यापारिक मिटरतर्फ एक करोड ५८ लाख रुपैयाँ र औद्योगिक मिटरतर्फ चार करोड २६ लाख ३८ हजार ८ सय ३५ रुपैयाँ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले बताए ।

विद्युत् प्राधिकरण लहानका अनुसार रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालबाट १५ लाख १४ हजार १ सय ९२, लाहान नगरपालिकाबाट तीन लाख २० हजार, इलाका हेल्थपोष्ट भगवानपुरबाट तीन लाख ४८ हजार, इलाका वन कार्यालय धनगढीबाट एक लाख नौ हजार ५ सय ६१, जिल्ला वन कार्यालय लहानबाट ९७ हजार ८ सय ८८, जनता मावि बाखरबाट एक लाख २१ हजार २ सय १४, मावि अयोध्यानगरबाट एक लाख ७३ हजार ७ सय ६७, मावि बरियारपट्टीबाट एक लाख १२ हजार ८ सय ४७, मावि पिप्राबाट ८३ हजार, मावि पडरियाबाट ६४ हजार २ सय ७५ रुपैयाँ बक्यौता असुल्न बाँकी रहेको छ ।


यस्तै हेल्थपोष्ट सीतापुरबाट ७६ हजार ७ सय ३०, हेल्थपोष्ट छपरारीबाट ४५ हजार, नेपाल रेडक्रस सोसाइटी दहीपुरबाट ७८ हजार ३ सय ४६, कोल्ड चेञ्जरबाट दुई लाख २८ हजार ३ सय ३१, राष्ट्रिय वाणिज्य बैंक सुखीपुरबाट एक लाख ८ हजार ७ सय, इलाका हुलाक कार्यालय भगवानपुरबाट ५५ हजार, कृषि सेवा केन्द्र भगवानपुरबाट ८३ हजार ९ सय ६८, कृषि सेवा केन्द्र धनगढीबाट ७० हजार १ सय २० रुपैयाँ बक्यौता असुली गर्न बाँकी रहेको विद्युत् प्राधिकरण लाहानले जनाएको छ ।


विद्युत् महसुल लामो समयदेखि नबुझाउने ग्राहकहरुको लागत तयार गरिसकेको र तिहारलगत्तै यस्ता ग्राहकको लाइन काट्ने योजना बनाएको प्रमुख यादवको भनाइ छ । पटक-पटक विद्युत् महसुल बुझाउन ताकेता गर्दासमेत लामो समय महसुल नबुझाई अटेर गर्ने ग्राहकको लाइन काटिने प्रमुख यादवले बताए ।

प्रकाशित : कार्तिक १३, २०७६ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?