२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

जनकपुरका ‘पान पसले’ आमाडब्लम हिमालको शिखरमा

कुम्भराज राई

ओखलढुंगा — जनकपुर उपमहानगरपालिका ४, का ३३ वर्षिय रन्जित साहले मंगलबार बिहान ७ बजे सोलुखुम्बुको ६ हजार ८ सय १२ मिटर उचाईको आमाडब्लम हिमाल आरोहण गरेका छन् । पानपसल सन्चालन गर्दै आएका रन्जित साइकलयात्री हुन् ।

जनकपुरका ‘पान पसले’ आमाडब्लम हिमालको शिखरमा

उनी एक महिना अघि मात्रै हिरो साईकल काँधमा बोकेर सगरमाथा आधारशिविर पुगेका थिए ।


आगामी आरोहण मौसममा साईकल बोकेरै सगरमाथा आरोहण गर्ने उनको लक्ष्य छ । पिक प्रमोशन प्रालिको आरोहण टोलीमा सामेल भई उनले सफलता पूर्वक आमाडब्लम आरोहण गरेका हुन् । सगरमाथा आरोहणको पूर्व तयारीको रुपमा उनले हिमाल आरोहण गरेको बताए ।


आमाडब्लमको दोश्रो शिविरबाट सोमबार साँझ ८ बजे शिखरका लागि उनको टोली अघि बढेको थियो । नौ घण्टापछि शिखर चुम्न सफल भएको पिक प्रमोशन प्रालिका प्रबन्धक आङबाबु शेर्पाले बताए । रन्जितले आमाडब्लमको सफल आरोहण पछि सगरमाथा आरोहण गर्ने आत्मविश्वास थपिएको प्रतिक्रिया दिए ।


प्रकाशित : कार्तिक १२, २०७६ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?