बलत्कारकाे आरोपमा अनेरास्ववियूका केन्द्रीय सदस्य इन्द्रहाङ राई जाेरपाटीबाट पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — गोकर्ण ६ माकलवारीमा सोमबार साँझ  १८ वार्षीया युवतीमाथी बलत्कार गरेकाे आरोपमा अनेरास्ववियूका केन्द्रीय सदस्य एवं आरआर क्याम्पसका स्ववियू सहसचिव इन्द्रहाङ राईलाई प्रहरीले पक्राउ गरेकाे छ ।

महानगरीय प्रहरी वृत्त बाैद्धले मंगलबार बिहान ६ बजे जाेरपाटीबाट राईलाई पक्राउ गरेकाे हाे ।


बाैद्द बृत्तका डिएसपी रमेश सिंहले पीडित किशाेरीकाे किटानी जाहेरीपछि राईलाई पक्राउ गरेकाे बताए । प्रहरीले युवतीकाे स्वास्थ्य परिक्षण गर्न पराेपकार प्रसुती गृह लगेकाे छ ।


देउसी खेल्न बाेलाएर राईले बलत्कार गरेकाे किशाेरीले बताएकी छिन् ।


प्रकाशित : कार्तिक १२, २०७६ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्

जुवाको खालबाट २ करोड ४७ लाखसहित २५ पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — महानगरीय प्रहरी वृत्त महराजगन्जले जुवाको खालबाट दुई करोड ४७ लाख २० हजार रुपैयाँसहित २५ जनालाई नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेहरुमा क्यासिनोमा मिटर ब्याजको धन्दा चलाउने 'बलराम' भनिने बले सापकोटा, शोभित सिलवाल लगायतका छन् ।

प्रहरीले उनीहरुलाई महाराजगन्जको साम्बला होटल पछाडि जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा व्यापारी, ठेकेदार, मारवाडी समुदायका व्यक्तिहरु रहेका प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रकाशित : कार्तिक १०, २०७६ ०८:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×