कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसारकै लामो दाबी गरिएको ‘सोलुखुम्बु ट्रेल रेस’ सुरु

कुम्भराज राई

(ओखलढुंगा) — संसारकै लामो ट्रेल रेस भनेर दाबी गरिएको ‘सोलुखुम्बु ट्रेल रेस’ को पहिलो संस्करण मंगलबार ओखलढुंगा र सोलुखुम्बुको सिमाना जन्तरधापबाट सुरु भएको छ । ३ सय १० किलोमिटर दूरीको उक्त ट्रेल रेस समुन्द्री सतहदेखि ३ हजार मिटरको उचाइबाट सुरु भएर सगरमाथा आधार शिविर हुँदै फाप्लु आएर टुँगिने आयोजक संस्थाले जनाएको छ ।

संसारकै लामो दाबी गरिएको ‘सोलुखुम्बु ट्रेल रेस’ सुरु

धावकहरु मंगलबार बिहान ९ बजे धापबाट अघि बढेका छन् । रेसको औपचारिक उद्घाटन सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले गरे । आयोजक संस्था ‘दी स्मल वल्र्ड’का अध्यक्ष कर्मा शेर्पाका अनुसार सोलुखुम्बुको तल्लो भेगबाट सुरु भएर आधारशिविर पुग सदरमुकाम आइपुगेर रेस समापन हुनेछ ।

धावकहरु ४ हजार ६ सय अग्लो पिके पिक, ३ हजार ५ सय मिटर अग्लो लामाजुरा पास गर्दै पर्यटकीय गाउ‘ जुनबेंसी, टाक्सिन्दु गुम्बा, नुम्बुर र करेलुङको फेदमा रहेको पबित्र ताल दूधकुण्डहु‘दै दौडने रुट छ । प्रथम सगरमाथा आरोहीहरु तेन्जिङ नोर्गे र सर एडमण्ड हिलारी हिँडेको ऐतिहासिक पदमार्गलाई पछ्याउ‘दै धावकहरु दौडिने आयोजक संस्थाका अध्यक्ष कर्मा शेर्पाले बताए । रेसमा विदेशी ६५ जना र नेपालका १५ जना सहभागी छन् ।

रेसमा सहभागी अधिकांश धावकहरु फ्रान्सबाट आएका छन् । त्यसैगरि बेल्जियम, स्वीजरल्यान्ड लयागतका यूरोपेली देशका धावक सहभागी छन् । यस वर्षको रेसमा चर्चित विन्टर एथलेक्टिस दावा दाछिरी शेर्पा सहभागि भएका छन् । शेर्पाले विन्टर ओलम्पिकमा नेपालको नेतृत्व गरिसकेका छन् । ५ औं पटकसम्म अन्तर्राष्ट्रियस्तरको दौडमा बिजेता बनेका दाछिरी सोलुखुम्बुका हुन् ।

दौड पुरा गर्न १५ दिन लाग्नेछ । रेसमा ५ हजार ४ सय मिटर अग्लो सगरमाथाक्षेत्रको रेन्जोला पास, गोक्यो भ्याली, ५ हजार ३ सय ६४ मिटर उचाइमा रहको सगरमाथा आधार शिबिर पुग्नुपर्नेछ । फर्किने क्रममा गोरक्सेप, लोबुचे, फेरीचे, तेङबोचे, नाम्चेबजार, लुक्ला, खरीखोला, नुनथला, टाक्सिन्दु हुँदै फाप्लु आइपुग्नेछन् ।



प्रकाशित : कार्तिक १२, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?