३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

तनहुँमा फेरी चितुवा नियन्त्रणमा

सम्झना रसाइली

(तनहुँ) — तनहुँ भानु नगरपालिकामा सोमबार बिहान एक चितुवा खोरमा परेको अवस्थामा फेला परेको छ । भानु–३ ढोरफाँटमा रहेको देउराली सामुदायिक वन क्षेत्रमा बनाइएको परम्परागत काठको खोरमा चितुवा परेको डिभिजन प्रमुख केदार बरालले जानकारी दिए ।

तनहुँमा फेरी चितुवा नियन्त्रणमा

चितुवाले भानुका वडा नं. १, २, ३ र ४ का बालबालिका, महिला, वृद्धवृद्धालाई त्रासमा पारेपछि स्थानीय सामुदायिक वनले वडा नं ३ मा पर्ने वनमा बाख्रा सहितको काठको खोर बनाएर पासो थापेका थिए । उक्त खोरमा गएराति नै चितुवा परेको प्रमुख बरालले बताएका छन् ।


‘नरभक्षी चितुवालाई फसाउन बनाइएको खोरमा परेको चितुवालाई डिभिजन वन कार्यालय तनहुँका कर्मचारीहरुले नियन्त्रणमा लिईसकेका छन्’, प्रमुख बरालले भने, ‘चितुवालाई राष्ट्रिय प्रकृति संरक्षणकोष चितवन पठाउने तयारी भइरहेको छ ।’


यस्तै, खोरमा परेको चितुवा १२ देखि १४ वर्षको देखिने करिव ८० केजीको भाले चितुवा रहेको उनले बताएका छन् । यसअघि गत असोज १५ गते भानु–२ नारेश्वरटारको सामुदायिक वन क्षेत्रमा बनाइएको खोरमा भाले चितुवा परेको थियो । चितुवा र मानव विच द्वन्द्व बड्दै गएपछि चितुवा प्रभावित वडामा रहेको समुदायिक वन क्षेत्रमा १० वटा परम्परागत काठको खोर बनिरहेको कार्यालयले जनाएको छ ।




प्रकाशित : कार्तिक ११, २०७६ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?