कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

‘ठुलो परिमाणमा तस्करीको कपडा बरामद’

पवन यादव

सिमरा — बारा प्रहरीले सिम्रौनगढ नगरपालिका ११ भगवानपुरबाट ठुलो परिमाणमा तस्करीको लत्ताकपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले शुक्रवार कलैयामा पत्रकार सम्मेलन गरी भारतबाट अवैध रुपले चोरी तस्करी गरी नेपाल भित्रियाईएको ३९ लाख ४६ हजार ६१ रुपैयाँ बराबरको कपडा बरामद गरिएको जनाएको छ ।

‘ठुलो परिमाणमा तस्करीको कपडा बरामद’

उक्त कपडा स्थानीय संजय जयसवालको घरबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक विकाशराज खनालले बताए ।


‘स्थानीय प्रहरीको आँखा छल्दै ती कपडाहरु नेपाल भित्रियाईएका हुन,’ उनले भने, ‘पटक/पटक गरी भित्रियाईएको कपडा भण्डारण गरिएको विशेष सुचना पाएर छापामारी लत्ताकपडा बरामद गरेका हौं ।’ बरामद भएको कपडा आवश्यक कानुनी कारवाहीको लागी बीरगंज भन्सार पठाईने उनले जानकारी दिए ।


गोदामको रुपमा भण्डारण गरिएको जैसवालको घरबाट बहुमुल्य साडी, सुटिङ–सर्टिङका कपडा, कुर्ता सुरुवाल, थान कपडा, लहंगा, गम्छा, बच्चाको कपडा ठुलो परिमाणमा फेला पारिएको प्रहरीले जनाएको छ । जैसवालको घरमा कानुनी प्रक्रिया पुर्‍याई बिहिबार साझ करीब ६ बजे खानतलासी गरी उक्त परिमाणमा कपडा बरामद गरिएको प्रहरीले जनाएको छ ।


भारतबाट अवैध रुपले लत्ताकपडा, भाडाकुडा, पटाखा लगायतका मालसमान भन्सार छली भित्र्याउने क्रम बढेपछि प्रहरीले पछिलो समय सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालयले चोरी तस्करी नियन्त्रण गर्न सक्रियता बढाएपछि धमाधम चोरी तस्करीको मालसमान फेला पर्न थालेको हो । चोरी तस्करीको मालसमान नियन्त्रण गर्न प्रहरीले अभियान नै चलाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रन्जित सिंह राठौरले बताए ।


उनका अनुसार, भारतबाट अवैध रुपले चोरी तस्करी गरी नेपाल भित्रियाईएको अवस्थामा साउन यता यो समेत गरेर ३ करोड २ लाख १४ हजार ५ सय २७ रुपैयाँ मुल्य बराबरको मालसमान बरामद गरिएको छ ।


यो अवधीमा चोरी तस्करीको माल ढुवानीमा संलग्न ४८ वटा सवारी साधन नियन्त्रणमा लिई कारवाही गरिएको छ । यी मध्ये ६ वटा कार/जिप, ३४ वटा मोटरसाईकल, २ वटा ट्रक, ६ वटा साईकल नियन्त्रणमा लिई कारवाही गरिएको जनाईएको छ । चोरी तस्करीमा संलग्न १९ जना मानिसलाई पक्राउ गरी कारवाहीको लागी राजस्व अनुसन्धान विभाग कार्यालय पथलैया र मुल भन्सार कार्यालय वीरगंजमा पठाइएको प्रहरीले जनाएको छ ।


यस अवधीमा कपडा, पटाखा, चाँदीका गरगहना, मरिच, सुन, इलेक्ट्रोनिक सामान, सुर्तिजन्य पदार्थ, औषधि, तयारी कुखुरा, सुर्तिजन्य पदार्थ, सवारी साधपुर्जा लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।


प्रकाशित : कार्तिक ८, २०७६ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?