आलम पक्राउ प्रकरण : अनुसन्धान गर्न थप ८ दिनको म्याद 

शिव पुरी

रौतहट — जिल्लाको राजपुरमा भएको बम बिस्फोटको घटनामा घाइतेलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका सांसद एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत गौरले थप अनुसन्धानको लागि शुक्रबार ८ दिनको म्याद थपेको छ । उनलाई म्याद थपेको यो तेस्रो पटक हो । 

आलम पक्राउ प्रकरण : अनुसन्धान गर्न थप ८ दिनको म्याद 

न्यायाधीश केशवकुमार पाण्डेको इजलासले आलमलाई थप अनुसन्धानको लागि म्याद थपको आदेश भएको हो ।


गत असोज २६ गते पक्राउ परेका आलमलाई प्रहरीले घटनाका प्रत्यक्षदर्शीसहित जोडिएकाहरुसित सोधपुछ गरेको छ । घटनामा सरुअठाका तृलोकप्रताप सिंह र ओसी अख्तरलाई जिउँदै जलाएर मारेको भन्दै आलममाथि कर्तव्य ज्यानको मुद्दा दर्ता भएको थियो ।


पहिलो संविधानसभा निर्वाचनको बेला २०६४ चैत २७ गते राजपुरस्थित पूर्वमन्त्री सेख इदृसको गोठमा बम बिस्फोट भएको थियो । सोही घटनामा आलमसहित ५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।


आलम १३ दिनदेखि प्रहरी हिरासतमा छन् । घटनाबारे अनुसन्धानमा केही बाँकी रहेकाले म्याद थप भएको जिल्ला प्रहरीका एसपी भूपेन्द्र खत्रीले बताए । 'अझै केही बुझ्न बाँकी छ' उनले भने, 'अनुसन्धानको क्रममा केही विषयवस्तु बुझ्न बाँकी छ । त्यसैले म्याद थप्न माग गरेका हौं ।'


यो पनि

२० वर्षअघिको त्यो घटना : ज्युँदै मान्छे झुन्ड्याउँथे आलम

आलम पक्राउ प्रकरण : उतिबेलै गरिएको थियो सर्वस्वसहित जन्मकैद मागदाबी

रौतहटमा बम विस्फोटको १८ दिनपछि मात्रै मुचुल्का उठाएको खुलासा


प्रकाशित : कार्तिक ८, २०७६ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?