कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

'एक्सन रुम'बाट राष्ट्रिय गौरवका आयोजना माथि प्रधानमन्त्रीको 'एक्सन'

विमल खतिवडा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’ बाट आज विभिन्न सात आयोजनाको प्रत्यक्ष जानकारी लिई अनुगमन गरेपछि प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् ।

'एक्सन रुम'बाट राष्ट्रिय गौरवका आयोजना माथि प्रधानमन्त्रीको 'एक्सन'

ऊर्जा, जलस्रोत र सिँचाइ र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग सम्बन्धित सात आयोजनाको आज अनुगमन गरिएको थियो । ती आयोजनामा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग, सिक्टा सिँचाइ आयोजना, भेरी बबई बहुद्देश्यीय आयोजना, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र रानीजमरा सिँचाइ आयोजना छन् ।

७ वटा गौरवका आयोजना प्रमुखहरुसँग प्रत्यक्ष जानकारी लिएका थिए । ‘एक्सन रुमबाट प्रधानमन्त्री ज्युले त्यहाँको कार्य क्षेत्रको प्रगतिहरुको जानकारी लिनु भयो,’ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले भने, ‘आयोजना प्रमुखसँग नै त्यहाँको जानकारी लिने र आवश्यक निर्देशन दिने काम भएको छ ।’

मन्त्री पुनले असोजसम्मको कामको प्रगति हेर्दा राम्रो भइरहेको र उल्लेख्य प्रगति रहेको पाइएको बताए । ‘अझै पनि गौरव गर्न लायक ढंगले काम गर्न र निर्धारित समयमा नभई त्यो भन्दा अघि नै सकाउने गरी प्रधानमन्त्रीबाट मन्त्री, सचिव र आयोजना प्रमुखलाई निर्देशन भएको छ,’ प्रधानमन्त्रीलाई उदृत गर्दे मन्त्री पुनले भने,‘ अरु आयोजना जस्तो नभई निर्धारित समय भन्दा अघि नै सक्न निर्देशन दिएका हुन् ।’

मन्त्री पुनका अनुसार प्रधानमन्त्री ओलीले गौरव गर्न लायक हुने गरी काम गर्न र कार्यशैली बदलेर तीव्रता दिई तोकिएको समयभन्दा अगावै काम सक्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चालू आर्थिक वर्षको अघिल्लो तीन महिनाको प्रगति र ती आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गरेको थियो ।

तस्बिरहरु : अंगद ढकाल

प्रकाशित : कार्तिक ६, २०७६ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?