कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

लेनदेनको ताकेता गर्दा हत्या

सन्तोष सिंह

धनुषा — दुई व्यवसायीबीचको लेनदेनसम्बन्धी विवादमा गोली प्रहार हुँदा जनकपुरमा बुधबार एक जनाको मृत्यु भएको छ । पैसा माग्न ५ जनाको समूहमा घरमै आइपुगेका जनकपुरधाम–१ भानुचोकका ४० वर्षीय मनोज साहमाथि जनकपुरधाम–१४ का ३५ वर्षीय पंकज चौधरीले गोली हानेका हुन् । 

लेनदेनको ताकेता गर्दा हत्या

धनुषाका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार बक्यौता रकम ताकेता गर्न पुगेका पेट्रोलपम्प सञ्चालक मनोज साहलाई निर्माण व्यवसायी पंकज चौधरीले गोली प्रहार गरेका थिए । बायाँपट्टि छातीमा २ राउन्ड गोली लागेका साहको घटनास्थलमै मृत्यु भएको थियो । साह र चौधरीबीच आर्थिक लेनदेनको विवाद रहेको र त्यही निहुँमा हत्या भएको प्रहरीले जनाएको छ । बक्यौता रकम माग्न आएका साहलाई चौधरीले घरमै वादविवादपछि गोली प्रहार गरेको स्थानीयले बताए । गोली प्रहारपछि छिमेकी ब्रह्मदेव यादवको घरमा लुकेका चौधरीलाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो । चौधरीको साथबाट एक थान स्वचालित पेस्तोल र त्यसमा लाग्ने १९ राउन्ड गोली प्रहरीले बरामद गरेको छ । घटनास्थलबाट ३ राउन्ड गोलीको खोका र नलकटुवा पेस्तोलसमेत बरामद भएको प्रहरी उपरीक्षक खनालले बताए ।


साह र चौधरीबीच लामो समयदेखि फोनमै विवाद हुँदै आएको थियो । कुरा नमिलेपछि बुधबार बिहान साह चौधरीको घर पुगेका थिए । घरमै दुवैजनाबीच विवाद भएपछि चौधरीले नलकटुवा पेस्तोलबाट गोली हानेको प्रहरीले जनाएको छ । प्रहरीले साहसँगै ताकेतामा पुगेका सहयोगी अमित साहलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।


............

जनकपुरमा एकजनाको गोली हानी हत्या भएको छ। जनकपुरधाम उपमहानगपालिका-१ का अन्दाजी ४० वर्षीय मनोज साह माथि गोली प्रहार भएको हो ।


निर्माण व्यावसायी साहमाथि जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले गोली प्रहार गरेका हुन् । उनलाई बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिइसकेको जनकपुरका एसपी शेखर खनालले बताएका छन् । गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको थियो । साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन् । साहको शव जनकपुर अञ्‍चल अस्पतालमा राखिएको छ ।


प्रहरीको प्रारम्भिक अनुसन्धानमा साहमाथि लेनदेन विवादमा गोली प्रहार भएको देखिएको छ ।

प्रकाशित : कार्तिक ६, २०७६ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?