कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

तरुण दलमा समानान्तर कार्यक्रम : बस्नेत र शाहीबीचको विवाद उत्कर्षमा

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको भातृसंस्था तरुण दलमा अध्यक्ष जीतजंग बस्नेत र तत्कालीन महासचिव भूपेन्द्रजंग शाहीबीचको विवाद उत्कर्षमा पुगेको छ ।

तरुण दलमा समानान्तर कार्यक्रम : बस्नेत र शाहीबीचको विवाद उत्कर्षमा

पार्टीले आयोजना गरेको जागरण अभियानको विरोध गर्नुको साथै पार्टी विपरीतको गतिविधिमा लागेको भन्दै दलको केन्द्रीय कार्यसमितिले महासचिव शाहीलाई पद र साधरण सदस्यताबाट हटाएको थियो ।


तर, उनले महासचिवकै हैसियतमा समानान्तर गतिविधि गर्न थालेपछि विवाद बढेको हो । शाहीले आफू पार्टी नेताहरुको सहमतिमा महासचिव भएको भन्दै अध्यक्ष बस्नेतले हटाउन नसक्ने तर्क गर्दै आएका छन् । त्यसको प्रतिवाद गर्दै शाहीले अध्यक्ष बस्नेतलाई हटाएको विज्ञप्ति निकालेका थिए ।


दलको स्थापना दिवसको दिन कार्तिक १० गते शाहीले महासचिवकै हैसियतमा समान्तर कार्यक्रम राखेका छन् । दलको केन्द्रीय कार्यसमितिले पार्टी केन्द्रीय कार्यलयमा चियपान आयोजना गरेको छ । शाहीलेपनि पार्टी कार्यालयमै चियापान राख्न खोजेका थिए । त्यसका लागि पार्टी केन्द्रीय कार्यालयमा ठाउँ दिन पत्राचार गरेका थिए । नपाएपछि उनले भ्रष्टाचार विरोधी देउसी भैलोको कार्यक्रम राख्ने भन्दै तरुण दलकै लेटरप्याडमा विज्ञप्ति निकालेका छन् ।


अध्यक्ष बस्नेतले दलको साधरण सदस्यता समेतबाट हटाइएकाले शाहीको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्तालाई नजान आग्रह गरे । चार सदस्यीय पदाधिकारी रहेको दलमा शाहीलाई कारबाही गरेपछि तीन सदस्यमा सिमित भएको छ । शाहीलाई हटाउने निर्णयमा दलका अन्य पदाधिकारी एकमत छन् ।


नेताहरुबीच भागबण्डाको आधारमा ०७३ भदौमा पोखरामा भएको महाधिवेशनमा तरुण दलको चार सदस्यीय कार्यसमिति गठन भएको थियो ।


अध्यक्ष बस्नेत र कोषाध्यक्ष विद्वान् गुरुङ पार्टी सभापति देउवा निकट हुन् । महासचिव शाही पौडेल र उपाध्यक्ष उत्तम चापागाई पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला निकट हुन् । सिटौला पक्षीय चापागाईले समेत अध्यक्ष बस्नेतलाई सघाउँदै आएका छन् । पछिल्लोपटक शाहीको गतिविधिबाट पौडेल पक्षसमेत असन्तुष्टि थियो ।

प्रकाशित : कार्तिक ५, २०७६ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?