कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

२ वर्ष कार्यकाल रहँदै स्वास्थ्य सचिवले दिइन् राजीनामा

अतुल मिश्र

काठमाडौँ — स्वास्थ्य सचिव डा.पुष्पा चौधरीले आफ्नो पदबाट लिखित राजीनामा दिएकी छन् । करिब दुई वर्ष कार्यकाल बाँकी रहँदै उनले राजीनामा दिएकी हुन् । 

२ वर्ष कार्यकाल रहँदै स्वास्थ्य सचिवले दिइन् राजीनामा

चौधरीले यसअघि मौखिक रुपमा राजीनामा दिएको भएपनि सोमबार लिखित राजीनामा पत्र स्वास्थ्य मन्त्रालयमा बुझाएकी हुन् । हाल स्वास्थ्य मन्त्रालयमा चौधरीसंगै खगराज बराल सचिवको रुपमा कार्यरत छन् ।


चौधरीले आफूले पदबाट राजीनामा दिएको कान्तिपुरसँग बताइन् । उता स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारीले चौधरीको लिखित राजीनामा आएको जनाउँदै यसलाई स्वीकृतिको लागि मन्त्रीपरिषदमा पठाइने बताए ।


गत वर्ष कार्तिक ७ गते चौधरीलाई स्वास्थ्य सचिवबाट दायित्व विमुख गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानिएको थियो ।


मन्त्रिपरिषद कार्यालयमा उनलाइ कुनै जिम्मेवारी दिइएको थिएन । उक्त निर्णय विरुद्ध सचिव चौधरीले सर्वोच्च अदालतमा रिट दायर गर्दा गत वर्ष नै उनलाइ मन्त्रालय फर्कन अन्तरिम आदेश दिइएको थियो । यसपछि चौधरी पुनः स्वास्थ्य सचिव कै रुपमा कार्यरत थिइन् ।

प्रकाशित : कार्तिक ५, २०७६ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?