गायक दुर्गेश प्रहरी नियन्त्रणमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — गायक दुर्गेश थापालाई महानगरीय प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लिएको छ । गायक थापामाथि देउसी गीत बिगारेर त्यसमार्फत 'गाँजा'लाई प्रवर्द्धन गरेको र सामाजिक सहिष्णुतामा खलल पुर्‍याएको आरोप लागेको छ ।

गायक दुर्गेश प्रहरी नियन्त्रणमा 

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार थापासँग सो गीत बारे सोधपुछ भइरहेको छ र आपत्तिजनक शब्द प्रयोग भएको गीत सामाजिक सञ्जालबाट हटाएर छोडिने उनले जानकारी दिए । उक्त गीतमा, धुम्रपान, मादक पदार्थ, गाँजा सेवन गरेर तिहार मनाइन्छ भन्ने भावका शब्दहरुको प्रयोग भएको छ ।


तिहारलाई लक्षित गरेर दुर्गेशले सार्वजनिक गरेको नयाँ गीतलाई लिएर जिल्ला प्रशासन कार्यलाय काठमाडौंमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयले महाशालालाई थापाको गीत बारे अनुसन्धान गरेर प्रचलित कानुन अनुसार कारवाही गर्न आदेश दिएपछि प्रहरीले थापालाई बोलाएर नियन्त्रणमा लिएको हो ।


प्रकाशित : कार्तिक ५, २०७६ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?