१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

चन्दका केन्द्रीय सदस्य लोहनी पक्राउ

कान्तिपुर संवाददाता

चितवन — नेत्रबिक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनी मंगलबार बिहान भरतपुरमा पक्राउ परेका छन् । प्रहरीले आधिकारिक जानकारी सार्वजनिक दिएको छैन ।

चन्दका केन्द्रीय सदस्य लोहनी पक्राउ

तर, चितवन प्रहरी स्रोतले मंगलबार बिहान लोहनीलाई भरतपुरको बसेनी क्षेत्रबाट समाएको जानकारी दिएको छ ।


चितवन निवासी लोहनी रातो खबर पत्रिकासँग पनि सम्बद्ध छन् । पछिल्लो समय उनी पत्रपत्रिकाहरूमा लेख रचना लेख्दै आएका छन् ।


लोहनीलाई सादा पोसाकमा आएका प्रहरीले मंगलबार बिहान चितवनबाट पक्राउ गरेको लोहनीकी श्रीमती सरला रेग्मीले कान्तिपुरलाई बताइन् । लोहनीको स्वास्थ्य समस्या देखाउँदै पार्टीले जिम्मेवारीबाट मुक्त गरिएको सोमबार विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।

आतंक मच्चाएको भन्दै चन्द नेतृत्वको नेकपामाथि सरकारले गत फागुनमा प्रतिबन्ध लगाएको थियो । त्यसयता चन्दका नेता, कार्यकर्तामाथि प्रहरीले निगरानी गर्दै आएको छ । अहिलेसम्म विभिन्न तहका दर्जनौं नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित : कार्तिक ५, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?