कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फैसला उल्ट्याउँदै कसुर ठहर

कान्तिपुर संवाददाता

काठमाडौँ — नक्कली बयान र प्रमाणका भरमा एक वर्षअघि पीडकलाई सफाइ दिएको दोलखा जिल्ला अदालतको एक फैसलालाई उच्च अदालत पाटनले उल्ट्याएको छ । दोलखाको बिगु गाउँकी मतिरा खड्का जीसीमाथि उनकै श्रीमान् सुन्दर जीसीले २०७४ वैशाख २३ गते गरेको मरणासन्न अवस्थाको कुटपिट घटनामा किटानी जाहेरी र प्रमाणलाई मिचेर जिल्ला अदालतले पीडकलाई सफाइ दिएको थियो ।

पीडित मतिराको नक्कली औंठाछापसहितका आधारलाई प्रमाण मान्दै आएको जिल्लाको फैसलामा चित्त नबुझेर ६ महिनाअघि यो मुद्दालाई पुनरावेदनमा लगिएको थियो ।


‘उच्च अदालतले शुक्रबार गरेको फैसलामा पीडक सुन्दर जीसीलाई ‘कसुरदार ठहर’ गरेको छ,’ महिला आयोगस्थित एक अधिकारीले भने ।


प्रकाशित : कार्तिक ५, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?