२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नेपाली कर्मचारीलाई भारतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रशिक्षण

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल सरकारका १८ कर्मचारीलाई भारतमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रशिक्षण दिइएको छ ।

नेपाली कर्मचारीलाई भारतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रशिक्षण

सोमबारबाट भारतको बैंग्लोरस्थित नेशनल एकेडेमी अफ कस्टम, इनडाइरेन्ट ट्यास एन्ड नाकोटिक्स (एनएसीआईएन) ले उक्त प्रशिक्षण दिएको हो । नेपालस्थित भारतीय दूतावासले विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।


नेपाल सरकारको अनुरोधमा ६० कर्मचारीका लागि सम्पत्ति शुद्धिकरण सम्बन्धी विशेष पाठ्यक्रम तयार पारिएको थियो । सोही कार्यक्रम अनुसार दोस्रो चरणमा ती अधिकारीले प्रशिक्षण लिएका हुन् । सरकारका विभिन्न निकायको क्षमतालाई अभिवृद्धिमा सघाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको विज्ञप्तिमा उल्लेख छ ।


भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम अन्तर्गत रहेको छ ।


यस प्रशिक्षणले सहभागीलाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलालाई प्रभावकारी ढंगबाट सामना गर्न सक्ने क्षमतालाई अभिवृद्धि गर्ने दूतावासको दाबी छ । २० नेपाली उच्च अधिकारीले गत भदौमा ६ दिने प्रशिक्षण लिएका थिए । २१ नेपाली कर्मचारीहरुको समूह तेस्रो चरणका रुपमा आउदो मंसिर/पुस मा सुरु हुने बताइएको छ ।


वित्तीय अनुसन्धान एवम् सम्पत्ति शुद्धिकरण क्षेत्रमा एनएसीआईएन भारत सरकारको अत्याधुनिक शिक्षण सुविधासहितको प्रमुख प्रशिक्षण संस्थान हो । यो एसिया/प्रशान्त क्षेत्रका लागि विश्व भन्सार संस्थाको एक मान्यताप्राप्त क्षेत्रीय प्रशिक्षण केन्द्र हो ।

प्रकाशित : कार्तिक ४, २०७६ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?