२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

मतिराले न्याय पाइन्

कान्तिपुर संवाददाता

काठमाडौँ — नक्कली बयान र प्रमाणका भरमा एक वर्षअघि पीडकलाई सफाइ दिएको दोलखा जिल्ला अदालतको एक फैसलालाई उच्च अदालत पाटनले उल्ट्याएको छ ।

मतिराले न्याय पाइन्

दोलखाको बिगु गाउँकी मतिरा खड्का जिसीमाथि उनकै श्रीमान सुन्दर जिसीले २०७४ बैशाख २३ गते गरेको मरणासन्न अवस्थाको कुटपिट घटनामा किटानी जाहेरी र प्रमाणलाई मिचेर जिल्ला अदालतले पीडकलाई सफाइ दिएको थियो ।


पीडित मतिराको नक्कली औंठाछापसहितका आधारलाई प्रमाण मान्दै आएको जिल्लाको फैसलामा चित्त नबुझेर ६ महिनाअघि यो मुद्दालाई पुनरावेदनमा लगिएको थियो ।


‘उच्च अदालतले शुक्रबार गरेको फैसलामा पीडक सुन्दर जिसीलाई ‘कसुरदार ठहर’ गरेको छ,’ महिला आयोगस्थित एक अधिकारीले भने,‘पीडक जीसीलाई के कस्तो सजाय हुनेबारे निर्धारणका लागि छुट्टै पेशी बस्ने भएको छ ।’


मुलुकी अपराध संहिताको व्यवस्थाअनुसार आवश्यक प्रमाणका आडमा बिगतको गलत फैसलाको नजिर सच्याउन उच्च अदालतले यो फैसला सुनाएको हो ।


यो पनि पढ्नुहोस्:

नक्कली बयान : सफाइ नै दुखाइ

प्रकाशित : कार्तिक ४, २०७६ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?