प्रधानमन्त्रीले भने- 'अब नो स्ट्रिट पिपुल'

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका कुनै पनि सडकका पेटीमा 'सडक मानिस' देख्न नपर्ने बताएका छन् । सोमबार दिउँसो नागढुंगा-नौबिसे सुरुङ मार्ग शिलान्यास कार्यक्रम बोल्दै उनले सडकमा जिंग्रिङ्ग भएर अब कोही पनि बस्न नपर्ने बताएका हुन् । 

प्रधानमन्त्रीले भने- 'अब नो स्ट्रिट पिपुल'

उनले भने, 'अब सडकमा कोही पनि सुतेको, जिंग्रिङ्ग भएर बसेको देख्नु पर्दैन । सडकमा मान्छे हुनै सक्दैन । हरेकको व्यवस्था गरिन्छ । आवास दिइन्छ । अब नो स्ट्रिट पिपुल ।'


यस्तै उनले सडक बालबालिका पनि देख्न नपर्ने बताएका छन् । सरकारले सडक बालकालिकाहरुलाई भएसम्म आफ्नै घरका व्यक्तिलाई जिम्मा लगायउने र घरबार नै नभएकालाई सरकारले जिम्मा लिने बताएका छन् । उनले भने, 'कोही पनि नभएका बालबालिकाको जिम्मा सरकारले लिन्छ । लालनपालन, शिक्षा सरकारले दिन्छ र योग्य नागरिक बनाउँछ । यो जिम्मा सरकारकै हो । '

प्रकाशित : कार्तिक ४, २०७६ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?