अस्पतालमा छाडेको शिशुको जिम्मा लिन पूर्वसांसद गायत्री साहलाई अदालतको आदेश

कृष्ण ज्ञवाली

काठमाडौँ — उच्च अदालत पाटनले मेडिसिटी अस्पतालमा अलपत्र छाडेको आफ्नो शिशुलाई तत्काल जिम्मा लिन पूर्वसांसद गायत्री साहको दम्पत्तीलाई निर्देशन दिएको छ । अदालतको आदेश अनुसार गराइएको स्वास्थ्य परिक्षण प्रतिवेदनमा शिशुलाई घर लैजान मिल्ने व्यहोरा उल्लेख भएपछि अदालतले बच्चा जिम्मा लिन आदेश दिएको हो ।

ZenTravel

त्यसअघि नै अदालतले तीन साताको म्याद दिई मुद्दाको फैसला गरेको थियो।

Meroghar

के छ फैसलामा?
फैसलामा पूर्वसांसद गायत्री साह अनि राजेश महतोको शिशुलाई घर लैजान मिल्ने/नमिल्नेबारे तीन साताभित्र स्वास्थ्य परिक्षण गर्न आदेश थियो। अनि मेडिकल राय अनुसार घर लैजान उपयुक्त देखिए साह दम्पतीले शिशुको जिम्मेवारी लिनुपर्ने समेत फैसला गरेको थियो।

न्यायाधीशहरु श्रीमण कुमार गौतम र टेकबहादुर कुँवरको इजलासले बच्चा घर लैजाँदा समेत रजिष्ट्रारको रोहबरमा कागज गराउन आदेश दिएको हो। ‘उक्त बच्चाको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालबाट परिक्षण गराई घर लैजान मिल्ने हो कि होइन यकिन गराउनु’ आदेशमा भनिएको छ, ‘मिल्ने भए लैजानुअघि बालबालिकाको अधिकार उल्लंघन नहुने गरी साह परिवारले उच्च अदालत पाटनका रजिष्ट्रार समक्ष बालबालिकाको अधिकार सुनिश्चित गर्ने प्रतिवद्धतामा हस्ताक्षर गरी त्यसको अभिलेख राख्ने अनि बच्चा घर लैजाने व्यवस्था मिलाउनु।’
पूर्व सभासद गर्भवती अवस्थामा गायत्री साह २०७५ साल फागुन २८ गते अस्पतालमा भर्ना भईन। त्यही दिन दिउसो उनको बालक शिशुको जन्म भयो। तर स्वास्थ्य परिक्षणका क्रममा उनको शिशुमा ‘डाउन सिन्ड्रोम’को लक्षण देखियो। त्यसपछि साहको परिवारले अस्पतालले उपचारका क्रममा लापरवाही गरेको भन्दै अस्पतालमै शिशु छाडेर हिडेकी थिइन। पछि भने उनी शिशुलाई स्तनपान गराउन नियमित रुपमा अस्पताल जाने गरेकी थिइन्।

आफना चिकित्सकहरुले घर लैजान हुने भनी राय दिएको अवस्थामा समेत शिशुको जिम्मेवारी नलिएको भन्दै आश्विन मेडिकल कलेज(नेपाल मेडिसिटी)ले उच्च अदालत पाटनमा ‘बालकको अधिकार प्रचलन गराई पाउ’ भनी मुद्दा हाल्यो। शिशुको आवश्यक उपचार गरी घर लैजान मिल्ने अवस्था छ भनी डाक्टरहरुले झण्डैं तीन सातापछि चैत २१ गते डिस्चार्ज प्रक्रिया पुरा गरेको मुद्दाको व्यहोरामा उल्लेख थियो। ‘गायत्री साह र राजेश महतो(शिशुका बाबु)लाई शिशु लैजान आग्रह गर्दा मानेनन्’ निवेदनमा भनिएको छ, ‘अनि शिशु अस्पताल छाडेर गए।’

अस्पतालको दाबी अनुसार, गर्भावस्थामा साहले मेडिसिटीमा आफ्नो स्वास्थ्य परिक्षण गराएकी थिइनन्। सुत्केरी गराउँदा आफूहरुले लापरवाही नगरेको दाबीसहित मेडिसिटीले बच्चामा ‘डाउन सिन्ड्रोम’ देखिनुमा आफूहरुको कुनै भूमिका नभएको दाबी गरेको थियो। उच्च अदालत पाटनले शिशुको थप उपचार गराइरहनु परेमा साहले अन्यत्र उपचार गराउन चाहे बाहेक त्यही नै उपचारको व्यवस्था मिलाउन पनि आदेश दिएको हो।

प्रकाशित : कार्तिक ४, २०७६ ०९:५१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कीर्तिपुरमा जापानी पुतली

कान्तिपुर संवाददाता

काठमाडौँ — जापानी रंगमञ्चमा पुतलीको प्रयोग निकै पुरानो मानिन्छ । विभिन्न माध्यमबाट बनेका पुतलीहरूको चाल र संगीतको तालमा कथावाचन गरिने यो शैलीको यतिबेला कीर्तिपुरमा अभ्यास भइरहेको छ । जापानी रंगकर्मी इरिना सजी कहिले कपडाको पुतली उठाउँछिन् कहिले काठ र कागजका ।

उनी पुतलीलाई नै पात्र बनाएर तिनका लय, ताल र गति सिकाइरहेकी छन् । नेपाली थिएटरका लागि नौलो फर्म मानिने पुतली प्रस्तुतिलाई जापानी थिएटरको सहकार्यमा थिएटर मल कीर्तिपुरले कार्यशाला नै चलाइरहेको छ ।

जापानी पुतली थिएटरका अनुभवी निर्देशक सजीलाई साथ दिन जापानी कलाकारहरू एरी तोमोई, इजावा रेई र मियामोतो पनि कार्याशालामा सहभागी छन्, जहाँ १५ नेपाली रंगकर्मी तथा १० बालबालिका पुतली थिएटरको इतिहास, विभिन्न देशमा प्रचलित पुतली थिएटर तथा यसको समुदायसँगको सम्बन्धबारे छलफलसँगै पुतली निर्माण, सुव्यवस्थित सञ्चालन, त्यसबाट कथावाचन र प्रस्तुति अभ्यासमा व्यस्त छन् ।

जापानको उटरभिज न पर्फमेन्ससँगको सहकार्यमा थिएटर मलले थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल, राराहिल मेमोरियल स्कुल र आसितेज नेपालको साथमा असोज २७ गतेदेखि थिएटर मलकै रंगमञ्चमा ११ दिनसम्म सञ्चालन हुने ८० घन्टाको कार्यशालामा सहभागीहरूले निकै उत्साहका साथ प्रशिक्षण लिइरहेको थिएटर मलका संस्थापक तथा रंगकर्मी केदार श्रेष्ठले बताए ।

रंगमञ्चमा पुतलीकै माध्यममा कथा प्रस्तुत गरिने यो थिएटर फर्म विशेषगरी बालबालिकाका लागि युरोप तथा एसियाका धेरै मुलुकमा निकै प्रचलित छ । तर नेपालमा भने यसको अभ्यास खासै नरहेकोले कार्यशाला गरिएको रंगकर्मी श्रेष्ठ सुनाउँछन् । श्रेष्ठका अनुसार, बालबालिका तथा वयस्क रंगकर्मीलाई सिर्जनात्मक अभिवृद्धिका लागि पुतली थिएटर अत्यन्तै प्रभावकारी छ ।

‘पुतली थिएटरमा काठ, कपडा, कागजका माध्यमबाट बनाइएका पुतलीका माध्यमबाट रंगमञ्चमा फरक तरिकामा प्रस्तुति दिन सकिन्छ,’ उनी भन्छन्, ‘कलाकारले यसमा आफ्ना वरिपरि रहेका विभिन्न वस्तुको प्रयोगबाट कलाकृति बनाउन सिक्छन् र वस्तुमा कस्तो भावको चरित्र प्रस्तुत गर्ने भन्ने पक्षसमेत अनुभव गर्न पाउँछन् ।’ यस्ता खाले थिएटरमा पुतली प्रयोग गरे पनि कथाअनुसार लय, धुन, गति र संवाद भने मानिसको नै हुन्छ तर अन्य थिएटरमा भन्दा कम संवाद रहने गर्छ ।

जापानी निर्देशक सजीका अनुसार एसियामा पनि आफ्नै खाले प्रस्तुतिसहितको पुतली थिएटरको लामो इतिहास छ । नेपालमा भाषाका कारण पुतली थिएटरमा केही समस्या आउने डर भए पनि नेपाली कलाकार र बालबालिकाले छिट्टै आफ्ना कुराहरू बुझेकोमा सजी दंग छिन् ।

‘पाँच दिन बितेको पत्तै भएन,’ उनी भन्छिन्, ‘नेपालीहरू छिटो र सहजै सञ्चार गर्न सक्ने रहेछन् ।’ नेपाली कलाकारको कार्यशालामा लगाव देखेर नेपालमा पनि पुतली थिएटरको सम्भावना राम्रो भएको उनको अनुमान छ । नेपाली लोककथाहरू रमाइला, सकारात्मक र आशावादी भएकाले अनुमति भएमा नेपाली लोककथामा जापानमा पनि पुतली नाटक गर्ने उनको इच्छा छ ।

कार्यशालामा पाँचौं दिनबाट नै नेपाली कथाहरू छानेर पुतली सोका लागि नेपाली पात्रअनुसारको पुतली निर्माण कार्य सुरु भइसकेको छ भने अहिले नेपालको लोकप्रिय ‘शिशिर वसन्तको कथा’ र अर्को एउटा कथामा पुतली नाटकको तयारी हुँदै छ । कार्यशालाको अन्तिम दिन कात्तिक ७ मा सहभागी बालबालिका र रंगकर्मीहरूले थिएटर मलमा नै छुट्टाछुट्टै पुतली प्रस्तुति दिने बताइएको छ ।

प्रकाशित : कार्तिक ४, २०७६ ०९:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×