सीले सम्झिए नेपाल भ्रमण

लक्ष्मी लम्साल

बेइजिङ — चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो नेपाल भ्रमणको पुनः स्मरण गरेका छन् । चीनको हुपै प्रान्तस्थित वुहानमा शुक्रबारदेखि सुरु भएको विश्व सैन्य खेलकुद प्रतियोगिताको उद्घाटनमा नेपालका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट्दै उनले आफ्नो हालसालैको नेपाल भ्रमणप्रति चर्चा गरेका हुन् ।

सीले सम्झिए नेपाल भ्रमण

प्रतियोगिताको उद्घाटन गरेपछि सीले त्यहाँ उपस्थिति विभिन्न देशका मन्त्री तथा उच्च पदाधिकारीहरुसँग छोटो कुराकानी गर्दै हात मिलाएका थिए ।


त्यस क्रममा राष्ट्रपति सीले कुराकानी भएको मन्त्री पोखरेलले सुनाए । सीको भनाई उद्धृत गर्दै पोखरेलले भने, ‘हामीले नेपाल भ्रमणको बेलामा धेरै विषयमा लामो कुराहरू गरेका थियौं ।’


सीले असोज २५ र २६ गते नेपालको दुई दिने राजकीय भ्रमण गरेका थिए। प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिएपछि मन्त्री पोखरेल बेइजिङ उत्रिएका थिए । उनले आइतबार चिनियाँ रक्षामन्त्री वेई फेन्ग्हेसँग भेटवार्ता गरेको र सम्झौतामा हस्ताक्षर गरिएको जानकारी दिए ।


उनले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरू कार्यान्वयनको चरण सुरु भएको प्रतीकका रूपमा यस सम्झौतालाई लिए। उनले भने, ‘सम्भवतः सीको नेपाल भ्रमणको सम्झौता कार्यान्वयनको यो नै पहिलो कार्यक्रम हो ।’

प्रकाशित : कार्तिक ३, २०७६ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?