१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चन्द समूहद्वारा काभ्रेका ४ ठाउँमा विस्फोट

कान्तिपुर संवाददाता

काभ्रे — नेत्रविक्रम चन्द समूहले जिल्लाको विकट मानिने महाभारत गाउँपालिकाको ४ स्थानमा विस्फोट गराएको छ । साविक बुढाखानीको साल्मे, ब्रामनटार, बुढाखानी डाँडा र सिपालीडाँडामा सिलिण्डर विस्फोट गराएको हो ।

चन्द समूहद्वारा काभ्रेका ४ ठाउँमा विस्फोट

स्थानीयका अनुसार चन्द समूहका कार्यकर्ताले त्रसित नहुन आग्रह गर्दै गाउँपालिका कार्यालयमा समेत विस्फोट गराउने चेतावनी दिएका छन् ।


जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले प्राप्त सूचनाका आधारमा प्रहरी निरीक्षको टोली घटनास्थलमा परिचालन गरेको जानकारी दिए । ‘केही पड्किएको सूचना आएपछि प्रहरी परिचालन गरेका छौं, विस्तृत बुझिरहेका छौं,’ उनले भने ।


यातायातको सहज पहुँच नभएको गाउँपालिकाको केन्द्रसम्म पुग्न १६/१७ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । चन्द समूहले विकट क्षेत्रमा गतिविधि सञ्चालन गरिरहेको छ ।


जिल्लाको खानीखोला गाउँपालिकाबाट यसअघि चन्द समूहका नेता हेमन्तप्रकाश वलीसहितका केन्द्रीय नेतालाई पक्राउ गरिएको थियो ।

प्रकाशित : कार्तिक ३, २०७६ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?