महरा प्रकरण : पीडितको चिठीमाथि तत्काल सम्बोधन नहुने

कान्तिपुर संवाददाता

काठमाडौँ — जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध कुनै अभियोगपत्र दर्ता नहुञ्जेल उनीबाट पीडित भएकी भनिएकी युवतीको निवेदनमाथि कुनै सम्बोधन नगर्ने भएको छ ।

म्याद थपको अनुमतिका लागि महरालाई आइतबार अदालतमा पेश गरिँदा ती युवतीले आफूले स्वेच्छाले कुनै निवेदन नदिएको भनी निवेदन दिएकी थिइन् ।

‘मूल मुद्दा दर्ता भएको छैन, कुनै किटानी जाहेरीका क्रममा आरोपित थुनामा छन् र म्याद थप भइरहेको छ’ एक न्यायाधीशले कान्तिपुरसित भने, ‘यस्तो अवस्थामा घटनाको आरोप समेत परिपक्व भएको हुँदैन, जाहेरी दिनेको निवेदन लिनुको के अर्थ हुन्छ र ?’ ती न्यायाधीशका अनुसार, कतिपय अवस्थामा त बयान फेरेको अनि अनुसन्धानमा असहयोग गरेको आरोपमा समेत जाहेरीकर्तामाथि छानबिन र कारबाहीको अवस्था हुन्छ । मुद्दा दर्तापछि मात्रै अदालतले ‘उचित ठानेमा’ त्यस्ता निवेदनको विषयवस्तु ग्रहण गर्ने उनले बताए ।

जिल्ला अदालत काठमाडौंले आइतबार महरालाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रकाशित : कार्तिक ३, २०७६ १९:३९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेकपाका सांसद पार्वत गुरुङ साधारण तारेखमा रिहा

कान्तिपुर संवाददाता

काठमाडौँ — जिल्ला अदालत काठमाडौंले नेकपाका सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । गुरुङमाथि ‘ज्यान मार्ने प्रयास गरेको’ भनी मुद्दा दायर भएको थियो ।

विश्वध्वज खड्काले दायर गरेको जाहेरीको आधारमा दर्ता भएको ज्यान मार्ने उद्योगको मुद्दामा पूर्णेश्वरप्रसाद उपाध्यायको इजलासले तत्काल प्राप्त प्रमाणले गुरुङलाई थुनामा राख्न अनि धरौटी माग्न जरुरी नभएको भन्दै साधारण तारेखमा रिहा गरेको हो ।

आरोप प्रमाणित भए १० वर्षसम्म कैद र एक लाख रुपैंयासम्म जरिवाना हुनसक्छ ।


प्रकाशित : कार्तिक ३, २०७६ १९:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×