नेकपाका सांसद पार्वत गुरुङ साधारण तारेखमा रिहा

कान्तिपुर संवाददाता

काठमाडौँ — जिल्ला अदालत काठमाडौंले नेकपाका सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । गुरुङमाथि ‘ज्यान मार्ने प्रयास गरेको’ भनी मुद्दा दायर भएको थियो ।

विश्वध्वज खड्काले दायर गरेको जाहेरीको आधारमा दर्ता भएको ज्यान मार्ने उद्योगको मुद्दामा पूर्णेश्वरप्रसाद उपाध्यायको इजलासले तत्काल प्राप्त प्रमाणले गुरुङलाई थुनामा राख्न अनि धरौटी माग्न जरुरी नभएको भन्दै साधारण तारेखमा रिहा गरेको हो ।


आरोप प्रमाणित भए १० वर्षसम्म कैद र एक लाख रुपैंयासम्म जरिवाना हुनसक्छ ।



प्रकाशित : कार्तिक ३, २०७६ १९:३२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

उपनिर्वाचन तयारीको प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

कान्तिपुर संवाददाता

काठमाडौँ — मंसिर १४ मा हुने उपनिर्वाचनको तयारीबारे निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार विस्तृत जानकारी गराएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोग पदाधिकारीहरूले उपनिर्वाचनसम्बन्धी समग्र व्यवस्थापन, मतदाता नामावली, मतदाता परिचयपत्र, सुरक्षा व्यवस्थापन, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नियुक्ति लगायतका विषयमा जानकारी गराएका हुन् ।

आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले तयारीप्रति सन्तोष व्यक्त गर्दै सरकारका तर्फबाट आवश्यक सबै सहयोग गर्ने बताएका थिए ।

प्रकाशित : कार्तिक ३, २०७६ १९:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×