१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

उपनिर्वाचन तयारीको प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

कान्तिपुर संवाददाता

काठमाडौँ — मंसिर १४ मा हुने उपनिर्वाचनको तयारीबारे निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार विस्तृत जानकारी गराएको छ ।

उपनिर्वाचन तयारीको प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोग पदाधिकारीहरूले उपनिर्वाचनसम्बन्धी समग्र व्यवस्थापन, मतदाता नामावली, मतदाता परिचयपत्र, सुरक्षा व्यवस्थापन, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नियुक्ति लगायतका विषयमा जानकारी गराएका हुन् ।


आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले तयारीप्रति सन्तोष व्यक्त गर्दै सरकारका तर्फबाट आवश्यक सबै सहयोग गर्ने बताएका थिए ।

प्रकाशित : कार्तिक ३, २०७६ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?