नेपाल भारत सीमा बन्द

कमल पन्थी

(बर्दिया) — भारत उत्तरप्रदेश राज्यको बहराईच जिल्लामा हुन गई रहेको विधानसभाको उप निर्वाचनलाई मध्यनजर राख्दै शनिबार वेलुकी ८ बजे देखि तीन दिनका लागि नेपाल भारत सीमा नाका बन्द गरिएको छ ।

नेपाल भारत सीमा बन्द

बहराईचको बलाहा क्षेत्रमा हुने उपनिर्वाचनलाई लिएर कार्त्तिक २ गते बेलुकी ८ देखि ४ गतेसम्म सीमा बन्द गरिएको सशस्त्र प्रहरी बलका बर्दियाका गणपति यादव विकले जनाएकाछन् ।


अत्यावश्यक एम्बुलेन्स सेवा सञ्चालन गर्नु परे दुवै मुलुकका अधिकारीको सहमतिमा आउजाउ गर्ने पाउनेछन् । निर्वाचन कार्त्तिक ४ गते बिहान ७ देखि ६ बजेसम्म मतदान सम्पन्न नभएसम्म सीमा बन्द हुने छ ।


नेपाल भारत सीमामा दुवै देशका सुरक्षाकर्मी तैनाथ गरिएको छ । कुनैपनि आपराधिक गतिविधी गरी घुसपैठ हुन नदिने सुरक्षा कडा पारिएको छ ।


प्रकाशित : कार्तिक ३, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?