कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

साढे १९ लाख भ्रष्टाचार आरोपमा मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — विद्युतीकरणका लागि निकासा भएको झन्डै साढे १९ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

साढे १९ लाख भ्रष्टाचार आरोपमा मुद्दा

तनहुँको साबिक धरमपानी गाविसस्थित ग्रामीण विकास समाज धरमपानीका अध्यक्ष नरबहादुर गुरुङसहित दुई जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूले विद्युतीकरणका लागि आएको १९ लाख ४० हजार ९ सय २७ रुपैयाँ खर्चै नगरी हिनामिना गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।


समाजका अध्यक्ष गुरुङ र कोषाध्यक्ष कृष्णबहादुर गुरुङले साबिक धरमपानी गाविस र जिविसको उक्त अनुदान हिनामिना गरेको अनुसन्धानबाट पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


अख्तियारले दुवैलाई भ्रष्टाचार निवारण ऐनबमोजिम डेढ वर्ष जेल सजाय र बिगोबराबर जरिवाना मागदाबी गरेको छ ।

प्रकाशित : कार्तिक २, २०७६ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?