१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तनहुँमा फेरि चितुवाको आक्रमणबाट बालिका घाइते

सम्झना रसाइली

तनहुँ — तनहुँको भानु नगरपालिका–२ बज्गाइटारमा शनिबार साँझ चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् ।

तनहुँमा फेरि चितुवाको आक्रमणबाट बालिका घाइते

घाइते हुनेमा सोही स्थानकी १२ वर्षीय सोनिया अछामी रहेको ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका इन्चार्ज दिपेन्द्र श्रेष्ठले जनाएका छन ।


आँगनमा खेलिरहेको बेलामा चितुवाले आक्रमण गरी भागेको प्रहरीले जनाएको छ । अछामीलाई डुम्रेस्थित लक्ष्मि हस्पिटलमा सामान्य उपचार गरी चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको इन्चार्ज श्रेष्ठले बताए ।


यसअघि भानुमा चितुवाको आक्रमणबाट ५ बालबालिकाको मृत्यु र ३ घाइते भएका थिए । नरभंक्षी बन्दै भएको चितुवा नियन्त्रणका लागि चितुवाबाट प्रभावित वडाका सामुदायिक वन क्षेत्रमा पराम्परागत काठको खोर बनाएर बाख्रा सहितको पासो थाप्ने तयारी भैरहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए ।

प्रकाशित : कार्तिक २, २०७६ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?